वर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबरहरु

वर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबरहरु

फोहोरमा राजनीति गरेर बस्ने कि समन्वयको बाटो पहिल्याउने ?

सिंहदरबारले माग पूरा नगरेसम्म फोहोर नउठाउने भन्दै काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह अघोषित आन्दोलनमै उत्रिएपछि सिंहदरबार र सितलनिवाल वरपर फोहोरको थुप्रो लाग्न थालेको छ ।प्रमुख प्रशासनिक केन्द्रमा फोहोर थुप्रिएपछि सरकारले बल्ल चासो देखाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा महानगरप्रमुख बालेन्द्रको असन्तुष्टिका विषयमा छलफल भयो ।

मन्त्रिपरिषद्‌ले मेयर शाहलाई जिम्मेवार बन्न भनेको छ ।मेयर साह आफ्नो अडानबाट टसमस गर्ने छाँटदेखिदैन । गत आइतबारबाट फोहोर उठ्न बन्द भएको हो । सिंहदरबारले जनताका समस्यालाई बेवास्ता गरेकोसहित संघीय सरकारले आफूहरुलाई सहयोग नगरेको फेहरिस्त प्रस्तुत गरेपछि संघ र स्थानीय सरकारबीचको द्वन्द्व सतहमा आएको छ ।

https://barnanmedia.com/detail/1681253256-b-b-lu-uf-23-04-12

बालेनले शीतलनिवास, बालुवाटार र सिंहदरबारको फोहोर नउठाउन बन्द गरिदिएपछि तनावमा सरकार

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको पछिल्लो कदमले सरकार तनावमा परेको छ । महानगरका हरेक काममा संघीय सरकारले अड्को थाप्न थालेपछि शाहको निर्देशनमा शनिबारबाट सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र राष्ट्रपतिको सरकारी निवास शितलनिवासको फोहोर उठेको छैन ।मेयर शाहले पछिल्लो ९ महिनामा संघीय सरकारका १४ मन्त्रालयले कुन कुन विषयमा असहयोग गरे भनेर फेरिस्त प्रस्तुत गरेपछि सरकारको निकै आलोचना भइरहेको छ ।

https://barnanmedia.com/detail/1681253386-bll-l-bl-b-uu-b-e-ol-23-04-12

आज - २९ चैत्र २०७९ बुधवार को राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परोपकारी कार्यमा संलग्न भइनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

https://barnanmedia.com/detail/1681258804-aa-b-l-q1-23-04-12

बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति करिब ११ः२५ बजे जीप दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

माओवादी केन्द्रको सचेतकमा सांसद रुपा सोशी चौधरी चयन

नेकपा (माओवादी केन्द्र)को सचेतकमा सांसद रुपा सोशी चौधरी चयन भएकी छन्।

सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकले उनलाई सचेतकमा चयन गर्ने निर्णय गरेको सांसद माधव सापकोटाले जानकारी दिए।

चौधरी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी थिइन्।उनी कैलालीबाट प्रतिनिधित्व गर्छिन्। माओवादीले यसअघि मुख्य सचेतकमा हितराज पाण्डेलाई चयन गरिसकेको छ ।

खोटाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

खोटाङमा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । यस प्रतियोगिताबाट आगामी वैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट गरिने छन् ।

जिल्ला खेलकुद विकासका प्रमुख लीलाभक्त केसीका अनुसार १० स्थानीय तह रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा केपिलासगढी, ऐसेलुखर्क, दिप्रुङ चुइचुम्मा, रावाबेँसी र साकेला गाउँपालिकका विद्यार्थी सहभागी छन् ।

https://barnanmedia.com/detail/1681260919-l-xo-23-04-12

स्लोभाकिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

स्लोभाकिया पठाईदिन्छु भन्दै नगद १२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा पाँचथर फागुनन्द गाउँपालिका-३ घर भई हाल ललितपुर, ललितपुर महानगरपालिका- १४ नख्खीपोट बस्ने ४६ वर्षीय एकराज नेम्बाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीको लागि स्लोभाकिया जान प्रतिव्यक्ति १५ लाख रूपैयाँ लाग्छ, स्लोभाकियामा पुगेपछि कन्स्ट्रक्सन कम्पनीमा वेल्डिङको काम लगाइदिन्छु, मासिक २ लाख रूपैयाँ भन्दा बढी तलव हुन्छ भन्दै प्रलोभनमा पारी पीडितबाट उक्त रकम ठगी गरी फरार भएका नेम्बाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गोंगबुबाट पक्राउ गरेको हो ।

सिन्धुलीमा कार दुर्घटना : चार भारतीय नागरिकको मृत्यु

गए राति बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हँुदा चार भारतीय नागरिकको मृत्यु भएको छ ।

सो दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटना गए राति १२ : ३० बजे भारतीय नम्बरप्लेटको बीआर०६ डिडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको हो ।

https://barnanmedia.com/detail/1681262251-l-oy-23-04-12

रकम हुँदाहुँदै पनि लगानी गर्ने वातावरण बन्न सकेन : अध्यक्ष गोल्यान

बैंक तथा वित्तीय संस्था परिसङ्घ (सिबिफिन)का अध्यक्ष पवनकुमार गोल्यानले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम हुँदाहुँदै पनि लगानी गर्ने वातावरण बन्न नसकेको बताउनुभयो सिबिफिनद्वारा मङ्गलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गोल्यानले बैंकमा पर्याप्त रकम भए पनि कर्मचारीको मनोवल खस्किएको र लगानी डुब्ने डरले नयाँ लगानी गर्न वित्तीय संस्थाहरू डराइरहेको बताउनुभएको हो ।

https://barnanmedia.com/detail/1681263100-l-b-a-l-vt-23-04-12

बालुवाको ढिस्कोमा पुरिएर दुई को मृत्यु

मङ्गलबार बैतडीको धौलाडीस्थित सडकको भिरालो जमिनमा बालुवा खन्ने क्रममा ढिस्कोमा पुरिँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।

ढिस्कोले पुरिएर घाइते भएका सिगास गाउँपालिका–२ धौलाडी ६२ वर्षीय सालिभानसिंह धामीको उपचारका लागि डडेल्धुरा लैजाने क्रममा मृत्यु भएको छ ।

मेयर हर्क साम्पाङले गरे राष्ट्रपति र प्रधानमन्त्रीलाई आफ्नो पालिकामा निम्ता

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीलाई आफ्नो पालिकामा निम्ता गरेका छन्।

https://barnanmedia.com/detail/1681264549-l-lii-aa-l-rl-23-04-12

राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाले वित्तीय सूचक सुधारात्मक हुँदै: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको समयमा नेपालका बैंकहरूको अवस्था सुरक्षित रहेको बताएका छन् ।

मंगलबार केन्द्रीय बैंकद्धारा आयोजित पत्रकार सम्मेलनमा उनले वित्तीय सूचकमा देखिएका सुधारले समग्र बैंकहरूको अवस्था सुरक्षित रहेको बताएका हुन् ।

पर्वत अस्पतालमा बिरामीको चाप बढ्यो

पछिल्लो एक सातायता पर्वत अस्पतालमा बिरामीको चाप बढेको छ । अस्पतालमा दैनिक ज्वरोका मात्र दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।

ज्वरो, रुघाखोकीलगायत कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामी उपचारका लागि आउने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिना अधिकारीले जानकारी दिनुभयो । “पहिलाभन्दा दोब्बरले बिरामीको सङ्ख्या बढिरहेको छ”, उहाँले भन्नुभयो ।

कार्की प्रधानन्यायाधीश नबन्ने, न्यायालयको गाँठो पनि नफुकाउने

नयाँ जनप्रतिनिधि आएपछि संघीय संसदको अधिवेशन सुरु भएको ठीक तीन महिना नाघिसक्यो । यस अवधिमा प्रतिनिधि सभाका २२ वटा बैठक बसे । २ वटा बैठक प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रयोजनका लागि बसेकामा बाँकी बैठक सांसदहरुले शून्य र विशेष समय लिएर बोल्नमा सीमित भएको छ । कानुन बनाउने आफ्नो मुख्य जिम्मेवारीमा प्रतिनिधिसभा प्रवेश नै गरेको छैन ।

https://barnanmedia.com/detail/1681270035-b-l-u-kk-23-04-12

बाँके जिल्लामा ट्राफिक प्रहरीमा जम्मा ६८ जना ट्राफिक व्यवस्थापनमा चुनौती

बाँके जिल्लामा ट्राफिक प्रहरीमा ६८ जना प्रहरी छन् । जिल्लामा पक्की र कच्ची गरी छ सय १० किलोमिटर सडक छ ।

एउटा ट्राफिकलाई नौ किलोमिटरसम्मको क्षेत्र हेर्नुपर्ने अवस्था छ । सवारीसाधनको चाप दैनिक बढिरहेको छ । जिल्लाका १९ ठाउँ दुर्घटनाका हिसाबले असाध्यै जोखिमपूर्ण छन् । जिल्लामा भएका दुर्घटनाको तथ्याङ्क हेर्ने हो भने सबैभन्दा बढी टिपर, म्याजिक, स्कुटर र मोटरसाइकल रहेका छन् ।

पुल निर्माण सम्पन्न हुने समय हुन लाग्दासम्म काम सुरु भएन

पश्चिम जाजरकोटको छेडा–चाँदे सडक खण्डको बीचमा रहेको साल्म खोलामा यातायात सञ्चालन गर्ने पुल निर्माण गर्ने भाका नजिकिँदै गर्दा पुल निर्माणको काम नै सुरु गरिएको छैन।

भौतिक पूर्वाधार कार्यालय जाजरकोटले २०७८ सावन २९ गते नेपाल मेगा सिस्ने जेभी नेपालगन्जसँग ४ करोड ८८ लाखमा पुल निर्माण गर्ने सम्झौता गरेको थियो। सम्झौता मिति अनुसार २०८० माघ भित्र पुल निर्माण गरी पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गर्नुपर्ने सहमति रहेको छ।

 

सरकारको खाता ८६ अर्बले ऋणात्मक, देशलाई खोक्रो बनाउनेहरूसँग नागरिक कहिलेसम्म चुप लागेर बस्ने ? 

 विदेशमा काम गर्ने नेपालीले इमानदारीपूर्वक देशमा पैसा पठाएका छन् । उनीहरुले पठाएकै रेमिट्यान्सका कारण अर्थतन्त्रका बाह्य सूचक सुध्रिँदै गएका छन् । ८ महिनामा ८ खर्ब नै रेमिट्यान्स भित्रिएको छ ।

यही कारण विदेशी मुद्राको सञ्चिति र शोधनान्तर स्थिति धेरै सकारात्मक भएको छ । तर घरेलु अर्थतन्त्र तहसनहस छ । यसो हुनुको कारण हाम्रै नेता र प्रशासक हुन् । तर उनीहरुमाथि प्रश्न गर्ने र जवाफदेही बनाउने आँट कसैले गरिरहेका छैनन् । अर्थात् यो आवश्यकता नै कसैले देखेका छैनन् ।

https://barnanmedia.com/detail/1681271840-abl-lii-bu-l-l-b-jq-23-04-12

कलाकार दीपकराज गिरीले चलचित्र विकास बोर्डका अध्यक्ष केसीविरुद्ध आक्रोश व्यक्त

कलाकार दीपकराज गिरीले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध आक्रोश व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् यस्तो आक्रोश व्यक्त गरेका हुन् ।

उनको नेतृत्त्वमा बनेको चलचित्र ‘छक्का पञ्जा ४’को कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको भन्दै उनले आक्रोश व्यक्त गरेका हुन् ।

जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार छान्नुपर्छ : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने बताउनुभएको छ ।

कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले बन्दीपुर गाउँपालिका–४ मा आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँले जनताले आफ्ना हरेक सुख, दुःखमा सँगै हुने उम्मेदवार खोजेको उल्लेख गर्नुभयो । “भाषण गर्ने तर गाउँ ठाउँ नबुझेको व्यक्ति अहिले जनताले चाहेका छैनन्, वैशाख १० गते हुने उपनिर्वाचनमा पक्कै पनि जनताले मूल्याङ्कन गर्नुहुनेछ”, नेता सिंहले भन्नुभयो ।

https://barnanmedia.com/detail/1681274225-u-zr-23-04-12

बर्खा नलाग्दै पहिराको चिन्ता

आठ महिना पहिले गाउँमाथिबाट आएको पहिराले चर्किएका घरमा लिपपोतसमेत गरिएको छैन । पहिराको त्रासले पीडित परिवारमा चर्केका घरमा बस्ने मनस्थिति नै छैन ।

छाडेर जाउँ अन्यत्र कतै ठाउँ छैन । घर वरपरको जमिन चर्केको छ, घर छेउको बारीमा चिरा परेको छ । हिउँदका महिना पहिरो बढ्ला कि भन्ने त्रास भएन । बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोला बस्तीमा पहिराले फेरो हालेका घरमै बसेका सर्वसाधारणलाई बर्खा लाग्ने बेलामा भने विस्तारै चिन्ताले पिरोल्न थालेको छ ।

रसुवाको कालिकामा स्वास्थ्य शिविर

सुवाको कालिका गाउँपालिकामा स्वास्थ्य शिविर आयोजना गरिएको छ । जिल्ला रेडक्रसको आयोजना तथा तिलगङ्गा आँखा केन्द्र काठमाडौँको सहयोगमा सञ्चालित निःशुल्क आँखाको स्वास्थ्य शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।

दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिका–१ लाङ्वुगाउँका ८३ वर्षीय नोच्युङ घले र उत्तरी रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१ का ७७ वर्षीया कामीछोमु तामाङनीको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । शल्यक्रियापछि दुवै ज्येष्ठ नागरिक अहिले हिँडडुल तथा सामान्य काम आफैँले गर्न सक्ने भएका छन् ।

रोल्पामा २८ रोपनीको अफिम खेती नष्ट

रोल्पामा प्रहरीले जिल्लाका विभिन्न स्थानमा अवैधरूपमा गरिँदै आएको अफिम खेती नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएका टोलीले परिवर्तन गाउँपालिका–४ र ५ का विभिन्न ठाउँमा करिब २८ रोपनीमा लगाएको २५ हजार पाँच सय अफिमका बोट नष्ट गरेको हो ।

अफिम खेती नष्ट गर्न प्रहरी नायब उपरीक्षक श्याम सारुमगर नेतृत्वको ३८ जनाको टोली खटिएको थियो । सारुमगर नेतृत्वको टोलीले परिवर्तन–४ खोलागाउँ, तारल र वसुन्धरामा करिब २० रोपनीमा पाखोबारीमा लगाएको अफिम खेती नष्ट गरेको हो ।

थानकोट–चित्लाङ सडक खण्ड स्तरोन्नति भएन

काठमाडौँलाई हेटौँडासँग जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको थानकोट–चित्लाङ सडक खण्डअन्तर्गत पहिले ट्रयाक खुलेका धेरै खण्डको स्तरोन्नति हुन सकेको छैन ।

काठमाडौँतर्फको सडक खण्ड स्तरोन्नति गर्नुपर्ने भए पनि दैनिक धेरै सवारीसाधनको आवागमन हुने गरेकाले दुई किलोमिटरबाहेक अन्यत्र स्तरोन्नतिको काम अघि बढ्न सकेको छैन । बजेट अभावका कारण स्तरोन्नतिको काम अगाडी बढ्न नसकेको काठमाडौँस्थित सडक डिभिजन कार्यालयले जनाएको छ ।

चिप्स उत्पादन गर्दै रामपुरका महिला

घरायसी कामधन्दामा मात्रै सीमित रहने महिलाहरु आयमूलक कार्यमा सक्रिय हुन थालेका छन् । साँभmबिहान घरको कामधन्दा सकाएर दिउँसोको समय सदुपयोग गर्दै आम्दानीको स्रोत जुटाउन महिलाको अग्रसरता बढ्दो छ ।

रामपुर नगरपालिकाका महिलाहरु हिजोआज आयमूलक क्षेत्रमा सक्रिय हुँदै गएका छन् । यहाँका महिलाहरु आलु चिप्स बनाउने र बजारमा बिक्री गर्न व्यस्त बनेका छन् । रामपुर नगरपालिका–६ मा विजयपुर चिप्स उत्पादन लघुउद्यम व्यवसाय समूहमार्फत आलु चिप्स उत्पादन भइरहेको छ ।

सुनको मूल्य तोलामा एक हजारले बढ्यो

स्थानीय बजारमा बुधबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर एक लाख १० हजार ८०० रुपैयाँमा कारोबार भएको हो । मंगलबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

उद्योग वाणिज्य महासंघको चुनावमा महाभिडन्त, कसले मार्ला बाजी?

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ । मंगलबार सुरु भएको ५७औं वार्षिक साधारण सभाको दोस्रो दिन आज नेतृत्व चयनका लागि चुनाव हुन लागेको हो ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । त्यसकारण पनि वरिष्ठ उपाध्यक्ष पदमा कडा प्रतिस्पर्धा हुने गर्छ । हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल साधारण सभाबाट स्वतः अध्यक्ष बन्नेछन् ।

https://barnanmedia.com/detail/1681281236-u-l-l-b-he-23-04-12

महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवरमा जहिल्यै बाढीको त्रास

तीनतिर जोगबुडा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ । जोगबुडापारीको भारतसँग सिमाना जोडिएको सानो बस्ती कुतियाकवर सामान्य बाढीमा पनि डुब्छ ।

“बर्खा लाग्यो कि हामीलाई बाढीकै चिन्ता हुन्छ”, दोधारा चाँदनी नगरपालिका–१० का मायादेवी सुनारले भन्नुभयो, “सामान्य झरी पर्दा पनि घरभित्र पस्न डर लाग्छ ।” उहाँले बर्खा सुरुभएसँगै फेरि बाढीको चिन्ता हुन थालेको बताउनुभयो । “गतवर्ष बाढीले बेसार र तरकारीखेती पुरियो”, सुनारले भन्नुभयो, “बाढीकै कारण यहाँबाट धेरै बसाइँ सरेर अन्यत्र गए ।” यहाँ ४९ परिवारको बसोबास छ । अधिकांश युवा रोजगारीलाई भारत पसे ।

टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी

चितवनको भरतपुर महानगरपालिका २३ जगतपुरमा रहेको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको हो । रिसोर्टका ३ वटा सेमिनार हलमा आगो लागेको छ ।

गृह मन्त्रालयले दुई जना प्रहरी नायव महानिरीक्षक डिआइजीको काज सरुवा

 गृह मन्त्रालयले दुई जना प्रहरी नायव महानिरीक्षक डिआइजीको काज सरुवा गरेको छ ।

प्रहरी प्रवक्ता डिआइजी पोषराज पोखरेललाई उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा सरुवा गरिएको छ ।मिरा चौधरी एआईजीमा बढुवा भएपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्व रिक्त थियो ।

कञ्चनपुरमा प्लास्टिक झोला प्रयोगमा रोक

कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले प्लास्टिकका झोला प्रयोगमा रोक लगाउने भएको छ । आगामी वैशाख १ गतेदेखि लागू हुने गरी जिल्लामा प्लास्टिकका झोला आयात, बिक्री, वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिनुभयो ।

“नयाँ वर्षको वैशाख १ गतेदेखि जिल्लाभर प्लास्टिकको प्रयोग, आयात र बिक्री वितरणमा रोक लगाउने भएका छौँं”, उहाँले भन्नुभयो, “यसबारे सार्वजनिक सूचनासमेत जारी गरिसकेका छौंँ ।” उक्त कार्यालयले एक महिना अगाडि नै सूचना जारी गरी प्लास्टिकका झोलाको आयात बन्द गर्न निर्देशन दिएको थियो ।

सिन्धुलीमा कार दुर्घटनामा मृतक भारतीय नागरिकको पहिचान

सिन्धुलीमा गएराति भएको भारतीय कार दुर्घटनामा मृतक चारै जनाको परिचय खुलेको छ । मृत्यु हुनेमा भगवती स्थान ९, मन्दिपुरसारी मस्तिपुर वारिसनगर भारत बिहारका नागरिक रहेका छन् । कारमा सवार पाँचमध्ये एकजना घाइते भएका छन् ।

दुर्घटनामा घाइते ४७ वर्षीय धर्मेन्द्रकुमार सोनीलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि सिन्धुली अस्पतालमा ल्याइएको र प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका ३२ वर्षीय अभिषेक ठाकुरको सिन्धुली अस्पतालमा मृत्यु भएको छ ।

किन मासिँदै छ मौलिक सम्पदा?

काठेखोला गाउँपालिका-१ पाल आरकोटमा डेढ दशकअघिसम्म चारवटा पोखरी थिए ।

पोखरी वरपर वरर पिपलका बोट पनि थिए । पोखरीमा गाउँलेले भैँसीलाई पानी खुवाउने र आहाल खेलाउने गर्थे भने चौतारी स्थानीयको थकाइ मार्ने स्थान थियो । अहिले त्यो स्थानमा एउटा मात्रै पोखरी छ । चौतारामा वरपीपल बिरुवा हुर्किंदैछन् । पछिल्लो समय गाउँमा गाईभैँसी पालन कम हुने र जथाभावी रुपमा निर्माण गरिएका सडकले पानीको मूल पुरिने र पोखरीको अस्तित्व नै सङ्कटमा पर्दै गएको छ ।

https://barnanmedia.com/detail/1681286906-l-bs-23-04-12

सैनिक शिविरमा गोली चल्दा चार जनाको मृत्यु

यहाँस्थित सैनिक शिविरमा गोली चल्दा चार जनाको मृत्यु छ ।

आज बिहान भटिन्डा सैनिक शिविरमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको भारतीय सेनाले जनाएको हो। सेनाको दक्षिण पश्चिम कमाण्डले जारी गरेको विज्ञप्तिअनुसार आज बिहान ४ः३५ बजे भटिण्डा सैनिक शिविरमा गोली हानाहान भएको थियो । घटनामा चार जनाको मृत्यु भएको जानकारी प्राप्त भएको तथा परिस्थितिलाई नियन्त्रणमा लिन तत्काल प्रतिकार्य टोली सक्रिय गरिएको थियो ।

पटक–पटक म्याद थप्दा पनि योजना अधुरै,विकास बजेटको अभाव

म्याग्दीमा विकास बजेटको अभावसँगै भित्रिएका योजना कार्यान्वयनमा ढिलासुस्ती हुने गरेका छन् ।

जिल्लामा भित्रिएका अधिकांश योजना समयमा सम्पन्न नभएपछि पटक–पटक म्याद थप्दा पनि अधुरै छन् । निर्माण व्यवसायीको लापरवाहीले जिल्लामा भित्रिएका गौरवको योजनाका रूपमा सञ्चालित सडक, भवन, पुललगायत ठूला विकास निर्माणका योजना अलपत्र परेका हुन् ।

https://barnanmedia.com/detail/1681287887-a-b-a-pf-23-04-12

प्रधानन्यायाधीश नियुक्त गर्न बारको माग,नियुक्त नगरे आन्दोलन गर्ने चेतावनी

 तत्काल प्रधानन्यायाधीश र न्यायाधीहरूको नियुक्ति नगरे आन्दोलन गर्ने नेपाल बार एसोसिएसनले चेतावनी दिएको छ ।

एशोसिएसनले आज पत्रकार सम्मेलन गर्दै दिइएको समय सीमाभित्र पनि प्रधानन्यायाधीश नियुक्त नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

बार अध्यक्ष गोपालकृष्ण घिमिरेले कार्यपालिका र व्यवस्थापिकाले न्यायपालिकालाई हेपेको ठहर बारले गरेको बताए। उनले भने, ‘न्यायालयमा भन्द्रगोल हुँदा बारले टुलुटुलु हेरेर बस्न सक्दैन ।  प्रधानन्यायाधीश तुरुन्त नियुक्त होस् भन्ने पहिलो माग हो ।’ 

ठूला भवनको वैधानिकता खोज्न संसदीय छानबिन समिति गठनको माग

निर्माण भइसकेका र निर्माणको चरणमा रहेका ठूला होटल, अपार्टमेन्ट तथा व्यावसायिक भवनको वैधानिकताबारे अध्ययन गर्न संसदीय छानबिन समितिको माग गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा तोसिमा कार्कीले यस्तो छानबिन समिति गठनको माग गर्नुभएको हो । “देशव्यापीरुपमा ठाउँ–ठाउँमा निर्माण हुँदै गरेका ठूला भवन, होटल, अपार्टमेन्टको वैधानिकता खोजी गरियोस् । ती भवनको नक्सापास, वातावरणीय प्रभाव मूल्याङ्कन र सम्बन्धित निकायबाट लिइनुपर्ने स्वीकृतिलगायतका विषयमा अध्ययन गर्न संसदीय छानबिन समिति बनाइनुपर्छ”, उहाँले भन्नुभयो । लतिलपुरको बखुन्डोलमा निर्माणाधिन समिट अपार्टमेन्टका कारण सिर्जित समस्याबारे पनि कार्कीले संसद्का कुरा उठाउनुभएको छ ।

उच्च अदालत जुम्ला इजलासबाट ३७ प्रतिशत मुद्दा फछ्र्यौट

चालु आर्थिक वर्षको आठ महिनायता उच्च अदालत सुर्खेत जुम्ला इजलासले ३७ दशमलव ३९ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ ।

उच्च अदालत जुम्ला इजलासका मुख्य न्यायाधीश श्रीमणकुमार गौतमले दिएको जानकारी अनुसार दुई सय ३० मुद्दामध्ये चालु आवको चैत २७ गतेसम्म ८६ मुद्दा फछ्र्र्यौट भएको जानकारी दिनुभयो । जिल्लास्थित पत्रकारसँग भेटघाट कार्यक्रममा आज मुख्य न्यायाधीश गौतमले अदालतमा एक सय ४४ मुद्दा फैसला हुन बाँकी रहेका बताउनुभयो । फछ्र्यौट हुन बाँकी रहेकामध्ये चार मुद्दा चार वर्ष नाघेका मुद्दा फछ्र्यौट भएको गौतमको भनाइ छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी धन्दा :थप एक जना पक्राउ

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहका थप एक सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली शरणार्थी बनाउने गिरोहका थप एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सन्देश शर्मा छन्। 

नेपाललाई सुरक्षित राख्नु आजको आवश्यकता : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा देखापरेका जटिल चुनौतीहरुबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकता भएको बताउनुभएको छ ।

भक्तपुरस्थित सैनिक प्रतिष्ठान खरिपाटीमा आज सि.नं ६० अधिकृत क्याडेट तालिम र सि.नं ५० पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिम पूरा गरेका शिक्षार्थीलाई आयुक्त पद प्रदान कवाज प्रदर्शन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

सगरमाथा आरोहणका क्रममा तीनजना बेपत्ता

सगरमाथा आरोहणका क्रममा तीनजना शेर्मा बेपत्ता भएका छन्।

बुधबार विहान बेसक्याप र क्याम्प १ को बीचमा पर्ने ड्याम क्षेत्रमा हिमपहिरो गएको पर्यटन विभागले जनाएको छ।हराइरहेका आरोहीमा दा छिरी शेर्पा, लाक्पा टेण्डी शेर्पा र लाक्पा रिता शेर्पा रहेका छन् । उनीहरु बेस क्याम्पबाट क्याम्प वानको बीचमा बेपत्ता भएका छन् ।

रौतहटको गरुडामा प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते

 रौतहटको गरुडामा प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् । 

 चार जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । स्थिति तनाबग्रस्त बनेपछि प्रहरीले १६ राउन्ड अश्रुग्यास, एसएलआर र राइफलले गोली प्रहार गरेको थियो ।

अन्तरिक्षमा पहिलो मानव उडानको स्मरणमा कसमोनट दिवस

हरेक वर्ष आज कै दिन अर्थात् अप्रिल १२ तारिखमा मनाइने कसमोनट दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

सन् १९६१ अप्रिल १२ मा रसियाको स्पेस वैज्ञानिक युरी गागारिनले पहिलो मानव अन्तरिक्ष उडान गरेको स्मरणमा यो दिवस मनाइँदै आइएको हो । आजका दिनलाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान भएको दिनका रूपमा लिइन्छ । उक्त दिवसका अवसरमा आज यहाँ रसियन हाउस अफ काठमाडौँ, नेपाल फिजिकल सोसाइटी र नेपाल साइन्स ओलमपियडले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा नेपालमा अन्तरिक्ष क्षेत्रमा भइरहेका कामबारे प्रदर्शनी गरियो ।

कोरोना भाइरसको सङ्क्रमणबाट आज एक जनाको निधन

कोरोना भाइरसको सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक जना सङ्क्रमितको निधन भएको हो । मङ्गलबार चैत २८ गते पनि एक जनाको निधन भएको थियो । यस्तै आज दुई हजार तीन सय ७७ जनाको कोरोना परीक्षण गर्दा एक सय २१ जनामा सङ्क्रमण देखिएको छ । यस्तै कोरोना उपचारबाट ८१ जनाले स्वास्थ्य लाभ गरी घर फर्कनुभएको छ । यसैगरी काठमाडौँ उपत्यकामा २५ जना आइसोलेसन, ११ जना सघन उपचार कक्ष (आइसियु) र तीन जना भेन्टिलेटरमा उपचारत रहेका छन् ।