न्यायालय गइसकेको छु, क्लिन चिट लिएर आउँछु: डा.ढाकाकुमार श्रेष्ठ

 राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठले आफूलाई सुनयोजित रुपमा फसाउन खोजेको दाबी गरेका छन्।

उनले यो विषयमा आफू अदालत गइसकेको र छिट्टै क्लिनचिट ल्याएर आउने दाबी गरे। 

सोमबार पार्टी कार्यालयमा पत्रकारसँग उनले भने, "मलाई फसाइएको हो । अदालतबाट क्लिन चिट भएपछि आउँछु । तीनै क्षेत्रका उमेदवारलाई भोट गर्नुहोला," उनले भने ।