सभापति देउवाले भने:कांग्रेसले फेरि सरकारको नेतृत्व गर्छ

सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फेरि आफ्नो पार्टीले सरकारको नेतृत्व लिने दाबी गरेका छन् ।

अहिले कांग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै उनले फेरि सरकारको नेतृत्व लिन सक्ने बताएका हुन् ।

मंगलबार काठमाडौंमा आयोजित पार्टी निकट नेपाल शिक्षक संघको नवौँ संघीय महाधिवेशनमा बोल्दै उनले अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचे अनुसार काम गर्न सक्ने अवस्था नभएको बताए ।

आफ्नो पार्टीले सोचेअनुसार काम गर्न बहुमत चाहिने भएकाले त्यसका लागि तयारी गर्न पार्टीका नेता, कार्यकर्तालाई उनले निर्देशन दिए ।
ूआज हाम्रो पार्टी सरकारमा छ । भोलि सरकारको नेतृत्व गर्न सक्ने सम्भावना पनि छ । धेरै वर्ष सरकारको नेतृत्व गरेको पनि हो,ू उनले भने ।

संविधानअनुसार सरकार बनाउनका लागि पनि आफ्नो पार्टीले गठबन्धन बनाएर अघि बढ्नु परेको उनको भनाइ छ ।