रामेछापका एम्बुलेन्समा जिपिएस जडान गरिने

रामेछापमा सञ्चालित एम्बुलेन्समा जीपीएस जडान गरिने भएको छ । उक्त विषयमा यस अगाडि पटकपटक छलफल भए पनि कार्यान्यवनमा आउन सकेको थिएन ।

प्रमुख जिल्ला अधिकारीको पहलमा उक्त कार्य हुने भएको हो । जिपिएस जडानका लागि थप प्रक्रिया अगाडि बढाउने विषयमा एम्बुलेन्सको व्यवस्थापन समितिले छलफल गरेको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले आवश्यक परेको बेला एम्बुलेन्स नपाउने तर एम्बुलेन्स जिल्लामै रहने समस्या आएपछि उक्त कार्यका लागि प्रक्रिया थाल्नुभएको हो ।

जीपीएस जडानका लागि स्वास्थ्य निर्देशनालय र स्वास्थ्य मन्त्रालय बागमती प्रदेश हेटाँैडामा अनुरोध गर्ने निर्णय गरिएको प्रशासनले जानकारी दिएको छ । यो जडानपछि एक्बुलेन्सलाई व्यवस्थित ढङ्गबाट एकद्वार प्रणालीमार्फत सञ्चालनमा सहजता हुने विश्वास लिइएको छ ।