नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता मुकुन्द न्यौपानेले किन पार्टी परित्याग गरे?

नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन् । 

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टी त्यागेको घोषणाा गरेका हुन् । एकीकृत समाजवादीले परिचय दिए पनि पहिचान दिन नसकेको, अवसरवादमा लिप्त भएको उनको आरोप छ ।

उनले सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाए पनि नअघाउने, जति भरे पनि नभरिने मानिसहरु मात्रै माधवकुमार नेपाल नेतृत्वको पार्टीमा रहेको दाबी गरे । यही १४ गते बसेको एकीकृत समाजवादीको सचिवालय बैठकबाट उनलाई चैत सातदिने स्पष्टीकरण सोधिएको थियो । उनी पार्टीमा तेस्रो वरीयतामा थिए ।

उनले देशभरका नेता कार्यकर्ता समेटेर एमालेमा समाहित हुने तयारी रहेको समेत जानकारी दिए ।