बिहिबार, माघ ०९, २०७६ | Thursday, January 23, 2020

काठमाडौँ
बिहेको मुखमा बेहुलाका बाबुले बेहुलीकी आमा नै भगाइदिएपछि…   * गल्ली देखि महलसम्म अनमेल विवहाका अनेक पिडा   * ५० स्टलसहित पुल्चोक क्याम्पसमा सिभिल इन्जिनियरिङ प्रदर्शनी हुने   * आज नेप्से परिसूचक ओरालो: सुधार टिकेन   * बन मासेर एयरपोर्ट नबनाऊँः पुर्व राष्ट्रपति रामबरण यादव   * नेता बानियाँद्वारा दुर्घटनाप्रति दुःख व्यक्त   * सभामुखको सपथ नखादै अग्नी सापकोटाबिरुद्ध सडकमा जन प्रदर्शन   * माग्ने बुढालाई चीट काट्यो प्रहरीले   * भकाभक मान्छे हान्ने दिपक मनाङे विरुद्ध प्रहरीमा उजुरी पर्दै   * ओली सर्वमान्य बन्ने आधार कति बलिया कति कमजोर   *
बिहिबार, माघ ०९, २०७६ Thursday, January 23, 2020
अन्तर्राष्ट्रिय

विमान मकैबारीमा अवतरण गरेपछि….

३०-साउन-२०७६ | ०३:३६:१२ pm

रुसी राजधानी मस्को नजिकको एक विमानस्थलबाट बिहीबार उडेको यात्रुबाहक विमान मकै बारीमा आकस्मिक अवतरण गरेको छ । यात्रु र चालक दलका सदस्य गरी दुई सय ३० भन्दा बढी व्यक्ति बोकेर उडेको जहाजमा उडेको एकैछिनमा चरा ठोकिन पुगेको थियो । चरा ठोकिएपछि असन्तुलित बनेको जहाजलाई चालकले मकैबारीमा सुरक्षित अवतरण गराएका थिए ।

सो विमान मस्को शहरको झुकोप्स्की विमास्थलबाट बिहीबार बिहान उडेको थियो । क्राइमियाका लागि उडेको सो विमान विमानस्थलबाट एक किलोमीटर मात्र पर पुगेका बेला यसमा चरा ठोकिएको थियो । जहाजमा रहेका यात्रुमध्ये २३ जना घाइते भएका बताइएको छ । मकै बारीमा बलपूर्वक अवतरण गरिएको जहाज केही परसम्म धसारिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

हालसम्म प्राप्त समाचारअनुसार यस विमानमा रहेका ती यात्रुहरु सामान्य रुपमा मात्र घाइते भएका बताइएको छ । यराल एयरलाइन्सको यस विमानमा २ सय २६ जना यात्रु र सात चालकदलका सदस्य रहेका रुसी हवाई उड्डयन अधिकारीहरुले बताएका छन् ।

मस्कोको क्षेत्रको झुकोप्स्की विमानस्थलबाट उडेको केही समयमै आकस्मिक अवतरण गराएको सो विमान धावनमार्गबाट एक किलोमिटर मात्र पर पुगेको बताइएको छ । विमानस्थलको धावनमार्गबाट केही पर रहेको मकैबारीमा सो विमान अवतरण गराउनु परेको उक्त एयरलाइन्सले जानकारी गराएको छ ।

विमानमा रहेका यात्रु र चालकदलका सदस्यसमेत सबैलाई उद्धार गरिएको समाचारमा उल्लेख छ । तीमध्ये केहीलाई उपचारार्थ अस्पताल लगिएको बताइएको छ । रुसको स्वास्थय मन्त्रालयका अनुसार नौ बालबालिकासहित २३ व्यक्तिलाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ । उपाचारको क्रममा रहेका ती व्यक्तिहरुको् अवस्था कसैको पनि चिन्ताजनक नरहेको जनाइएको छ । यसअघि सिन्ह्वा समाचार समितिले विमानस्थलमा नै विमान आकस्मिक अवतरण गरेको बताएको थियो । (एजेन्सी)

सम्बन्धित समाचार