प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा प्रशिक्षक प्रशिक्षण तथा कार्यशाला सम्पन्न

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित पूर्व मिसन परीक्षा संचालन प्रशिक्षक प्रशिक्षण तथा कार्यशालाको प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा सोही प्रतिष्ठानमा मंगलबार आयोजित कार्यक्रमवीच सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले तालिममा सहभागी प्रशिक्षार्थीहरू एवम् प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुहुँदै यस तालिममा प्रशिक्षकको अनुभव, विशेषज्ञता एवम् योगदानले सहभागी प्रशिक्षार्थीहरूको साथै प्रहरी संगठनको समेत क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुगेको चर्चा गर्नुभयो ।

संयुक्त राष्ट्र संघको अनुरोधमा विभिन्न देशमा शान्ति स्थापनार्थ खटि जाने प्रहरी कर्मचारीहरूको लागि लिईने पूर्व मिसन परीक्षा संचालनमा यस तालिम महत्वपूर्ण हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले युएन मिसनमा नेपाल प्रहरीको सहभागीतालाई वृद्धि गर्न र
यसका लागि आवश्यक पूर्व तयारीको लागि समेत यस्तो तालिमहरू फलदायी हुने बताउनुभयो

साथै आगामी दिनमा समेत नेपाल प्रहरी र नर्वे प्रहरीवीच एकआपसमा सहकार्य र समन्वय
भइरहने विश्वास व्यक्त गर्नुभयो ।

उक्त अवसरमा Norwegian Police University College का Superintendent
of Police Ann Kristin ले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण हरी शर्माले प्रशिक्षार्थीहरूकोतर्फबाट मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय युएन शाखाका प्रहरी उपरीक्षक विश्व अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपाल प्रहरी र नर्वे प्रहरीको सहकार्यमा गत चैत १५ गतेबाट संचालित उक्त तालिममा प्रहरी वरिष्ठ उपरीक्षक २ जना, प्रहरी उपरीक्षक ७ जना, प्रहरी नायव उपरीक्षक ९ जना, प्रहरी
निरीक्षक १० जना र सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव उपरीक्षक २ जना गरी कुल ३०
जनाको सहभागिता रहेको थियो ।