मधेश सरकारका एमाले मन्त्रीले बुझाए राजीनामा

मधेस प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ।

मुख्यमन्त्री सरोजकुमार यादवलाई एमालेका मन्त्रीहरुले राजीनामा पत्र बुझाएका हुन् । संघमा गठबन्धन भत्किएको झन्डै डेढ महिनापछि पार्टी प्रदेश सरकारबाट एमाले बाहिरिएको हो।

मधेश सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री पदमा मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्रीमा शत्रुधन प्रसाद सिंह, कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रीमा राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री पदमा केशव राय सहभागी थिए ।