बुधबार, आश्विन २९, २०७६ | Wednesday, October 16, 2019

काठमाडौँ
जावलाखेलमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै   * नेपाल प्रहरीमा जागिर खुल्दै, ३५०० भन्दा बढिलाई मौका   * पक्राउ परेका निलम्बित सांसद आलमलाई ७ दिनको म्याद थप    * १२ बर्ष पछि फरार अपराधी पक्राउ   * दुई राजदूतलाई राष्ट्रपतिद्वारा शपथ   * सांसद पक्राउ विरुद्ध जनकपुरमा चर्को नाराबाजी   * भारतीय चर्चित गायक कक्कर नेपाल आउने   * दुई जना बेपत्ता   * शिवमायाले उपसभामुखको पदबाट राजीनामा दिनुहुँदैन   * भिटामिन ए र जुकाको औषधि खुवाइने   *
बुधबार, आश्विन २९, २०७६ Wednesday, October 16, 2019
खेलकुद

नैतिक दवाव पछी अमेरिकाले दियो सन्दीपलाई भिसा

२८-साउन-२०७६ | ०४:४८:४१ pm

काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिएको छ । दूताबासले आज मंगलबार विहान मात्र सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । सन्दीपले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्वीट गरे पछि यसले ठूलै खैलाबैला मच्चियो र अन्तत अमेरिकी दूतावासलाई नैतिक दवाव श्रृजना भयाे । त्यस लगत्तै दूताबासले सन्दीपलाई बोलाएर अन्तर्वार्तालगायतको प्रक्रिया पूरा गरेर भिसा दिएको छ । सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए ।

क्यारेवियन लिगका खेलहरु विभिन्न शहरमा हुने भएकाले अमेरिकी भिसा हुँदा आउजाउ गर्न सहज हुन्थ्यो । फाइनल खेल फ्लोरिडामा हुने सम्भावना भएकाले अमेरिकी भिसा लिन खोजिएको सन्दीपका म्यानेजर रमन सिवाकोटीले बताएका छन । तर दूताबासले भिसा दिन अस्वीकार गरेको थियो । सन्दीपले बार्बाडोस ट्रिडेन्टसबाट क्यारेबियन लिग खेल्नेछन् सेप्टेम्बर ४ तारिखबाट सुरु हुने लिगका लागि उनी अगष्ट अन्त्यसम्म वेष्ट इण्डिज पुगिसक्नुपर्छ ।

Leave a Reply

सम्बन्धित समाचार