नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा सीमित हुने एसियाली विकास बैंकको अनुमान

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा सीमित हुने एसियाली विकास बैंकको अनुमान छ।

एडीबीले आउँदो वर्ष भने ५ प्रतिशत अर्थिक वृद्धिदर हुने अनुमान गरेको छ । पछिल्लो समय बजार सुस्त रहेका कारण आर्थिक क्रियाकलाप खुम्चेको एडीबीले जनाएको छ ।

यसअघि सेप्टेम्बरमा सार्वजनिक गरिएको प्रतिवेदनअनुसार यस आर्थिक वर्षमा ४.७ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको थियो। आगामी आर्थिक वर्षमा पाँच प्रतिशतको आर्थिक वृद्धि हुने एडिबीको प्रक्षेपण छ।

नेपालले पछिल्लो समय बढाउँदै गरेको आन्तरिक बाह्य ऋण समेत चिन्ताजकक भएको एडीबीको टिप्पणी छ ।