सोमबार, भाद्र ०२, २०७६ | Monday, August 19, 2019

काठमाडौँ
सोमबार, भाद्र ०२, २०७६ Monday, August 19, 2019
प्रदेश नं ३

नयाँ फिल्म ‘एन्टी हिरो’ मा अनमोल केसी नायक भुवन केसी खलनायक

२८-साउन-२०७६ | १२:२९:४६ pm

काठमाडौं , साउन २८ –
बहुचर्चित चलचित्र अभिनेता तथा गायक भुवन केसीले छोरा अनमोल केसीसँग एक कथानक चलचित्रमा साझेदारीको रुपमा अभिनय गर्ने भएका छन् । केसी परिवारकै लगानीमा निर्माण गर्न लागेको ‘एन्टी हिरो ’ नामक चलचित्रमा छोरा अनमोल हिरो र बाबु भुवन भिलेन बन्न लागेको सिने समाचार सुत्रले जानकारी दिएको छ ।

नेपाल सरकार अन्तरगतको चलचित्र विकास बोर्डमा सोमबार दर्ता गरिएको ‘एन्टी हिरो ’ तिहारपछि छायांकन सुरु हुने यस चलचित्र दि सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको बताइएको छ।

गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘क्याप्टेन’ को ‘कर्ली कर्ली कपाल’ बोलको गीतमा पनि भुवन र अनमोल दुबैले एकसाथ स्क्रिन साझेदारी गरि नृत्य अभिनय दिएका थिए । तर, चलचित्रमा भुवनको कुनै अभिनय थिएन । चलचित्रको इतिहासमा पहिलो पटक छोरा र बुवा एउटै फिल्म ‘एन्टी हिरो’ मा हिरो र भिलेनको भूमिकामा अभिनय प्रस्तुत हुदैछन।
एक्सन–लभस्टोरी जनाइएको फिल्मको अहिले पटकथाको काम भइरहेको छ । केही दिनमा चलचित्र निर्देशक र अभिनेत्री लगायतका चलचित्रकर्मी र कलाकारहरु छनोट गरिने अभिनेता भुवनले स्पष्ट पारे ।

[vicomi_feelbacks]

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार