बिहिबार, मंसिर २६, २०७६ | Thursday, December 12, 2019

काठमाडौँ
पौडेल पक्षले बहिस्कार गर्‍यो केन्द्रीय समिति बैठक   * बंगलादेशी विदेशमन्त्रीकाे भारत भ्रमण रद्द   * मनाङको माथिल्लो भेगमा भारी हिमपात   * ४ जनालाई नागरिकता दिनुपर्छ भन्दा मोदीको कुर्सि हल्लिदैछ तर नेपालमा जो आउँछ घुस ल्याउँछ नागरिकता पाउँछ   * राष्ट्रियसभाको निर्वाचन गर्ने मिति घोषणा   * सात किलो चरेससहित चारजना पक्राउ   * हिमपातले टिपर दुर्घटना गरायो, दुईको मृत्यु   * संघमा खुलेको अधिकृतको विज्ञापन पर्याे विवाद   * राउटेलाई कूल पूजाको चटारो   * तीन दिनसम्म लगातार बदली, वर्षा र हिमपातको सम्भावना : मौसमविभाग   *
बिहिबार, मंसिर २६, २०७६ Thursday, December 12, 2019
प्रदेश नं ३

नयाँ फिल्म ‘एन्टी हिरो’ मा अनमोल केसी नायक भुवन केसी खलनायक

२८-साउन-२०७६ | १२:२९:४६ pm

काठमाडौं , साउन २८ –
बहुचर्चित चलचित्र अभिनेता तथा गायक भुवन केसीले छोरा अनमोल केसीसँग एक कथानक चलचित्रमा साझेदारीको रुपमा अभिनय गर्ने भएका छन् । केसी परिवारकै लगानीमा निर्माण गर्न लागेको ‘एन्टी हिरो ’ नामक चलचित्रमा छोरा अनमोल हिरो र बाबु भुवन भिलेन बन्न लागेको सिने समाचार सुत्रले जानकारी दिएको छ ।

नेपाल सरकार अन्तरगतको चलचित्र विकास बोर्डमा सोमबार दर्ता गरिएको ‘एन्टी हिरो ’ तिहारपछि छायांकन सुरु हुने यस चलचित्र दि सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको बताइएको छ।

गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘क्याप्टेन’ को ‘कर्ली कर्ली कपाल’ बोलको गीतमा पनि भुवन र अनमोल दुबैले एकसाथ स्क्रिन साझेदारी गरि नृत्य अभिनय दिएका थिए । तर, चलचित्रमा भुवनको कुनै अभिनय थिएन । चलचित्रको इतिहासमा पहिलो पटक छोरा र बुवा एउटै फिल्म ‘एन्टी हिरो’ मा हिरो र भिलेनको भूमिकामा अभिनय प्रस्तुत हुदैछन।
एक्सन–लभस्टोरी जनाइएको फिल्मको अहिले पटकथाको काम भइरहेको छ । केही दिनमा चलचित्र निर्देशक र अभिनेत्री लगायतका चलचित्रकर्मी र कलाकारहरु छनोट गरिने अभिनेता भुवनले स्पष्ट पारे ।

सम्बन्धित समाचार