वर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबरहरु

वर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबरहरु

सभामुखको अधिकार खोस्न तम्सिएको सत्ता गठबन्धन किन ब्याक भयो ?

सभामुखको अधिकार कटौतीका लागि लागिपरेको सत्ता गठबन्धन अन्ततः ब्याक भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीका सांसदले प्रतिनिधिसभा नियमावली मस्यौदामाथि संशोधन प्रस्ताव राखेर प्रतिनिधिसभा सञ्चालनमा सभामुखमा रहेका केही अधिकार कटौतीको प्रस्ताव गरेका थिए । खासगरी प्रतिनिधिसभाको बैठक डाक्ने विषय सभामुखको तजविजमा हुने गर्छ ।

https://barnanmedia.com/detail/1680477073-a-e-b-b-oq-23-04-03

आमचुनावभन्दा कम रोचक छैन उपनिर्वाचन, सबैतिर हेभिवेट उम्मेदवार मैदानमा

 वैशाख १० गते हुने उपनिर्वाचनको लागि आज मनोनयन दर्ता हुँदै छ । तनहुँ–१, चितवन–२ र बारा– २ मा हुने उपनिर्वाचनमा मनोनयन दर्ताका लागि सबैजसो दलले उम्मेदवारको नाम टुंग्याइसकेका छन् । तीनै क्षेत्रमा राष्ट्रिय राजनीतिका चर्चित अनुहार मैदानमा उत्रिँदै छन् ।कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि सिट खाली भएको छ । तनहुँ–१ मा ३ जनाबीच कडा प्रतिस्पर्धा हुने प्रारम्भिक आकलन गरिएको छ ।

https://barnanmedia.com/detail/1680479027-aa-u-b-u-m7-23-04-03

वर्णन फलादेशःयस्तो छ आजको राशिफल (७९ साल चैत २०)

आज २०७९ साल चैत २० गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः

मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ।

https://barnanmedia.com/detail/1680481891-l-aa-l-l-bo-23-04-03

सामाजिक समावेशीकरण तालिम

कर्णाली तथा सुदूरपश्चिमका सरोकारवालालाई ‘लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण उत्तरदायी विपद् जोखिम न्यूनीकरण’सम्बन्धी तीन दिने तालिम प्रदान गरिएको छ ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा युरोपियन युनियनको आर्थिक सहयोग, युएनडिपी, युनिसेफ, युएनवुमन र स्याक नेपालको प्राविधिक सहयोगमा आइतबार वीरेन्द्रनगर सुर्खेतमा तालिम सम्पन्न भएको हो । तालिममा सीमान्तकृत, विपन्न, पिछडिएका वर्गलाई पनि विकास र विपद्मा कसरी एकीकृत गरेर लैजान सकिन्छ भन्ने विषयमा अन्तरक्रिया तथा छलफल भएको छ ।

https://barnanmedia.com/detail/1680482847-l-73-23-04-03

दृष्टिविहीनका लागि बनेकाे ‘श्रव्य पुस्तकालय’ बन्द हुने अवस्थामा

 दृष्टिविहीनका लागि विर्तामोड–४ मा स्थापित ‘श्रव्य पुस्तकालय’ आर्थिक स्रोतको अभावले प्रयोगमै नआई बन्द हुने अवस्थामा पुगेको छ । तत्कालीन प्रतिनिधिसभा सदस्य पवित्रा खरेल निरौलाले संसद् विकास कोषमार्फत झापा नेत्रहीन सङ्घलाई दिनुभएको बजेटबाट तीन वर्षअघि उक्त पुस्तकालय स्थापना गरिएको थियो ।

सङ्घले सो बजेटबाट ‘श्रव्य पुस्तकालय’का लागि आधुनिक रेकर्डिङ स्टुडियो निर्माण गरेको छ । पुस्तकालयमा डेक्सटप कम्प्युटर, मिक्चर, माइक, दराज, फर्निचरलगायतका भौतिक साधन छन् । दराजमा दुई चार पुस्तक पनि सजाइएका छन् । सङ्घका अध्यक्ष यशोदा बरालका अनुसार सञ्चालनका लागि आवश्यक पर्ने सबैभन्दा महत्वपूर्ण श्रव्य किताब पुस्तकालयमा छैनन् ।

‘बुस्टर डोज’ खोप लगाउनेको सङ्ख्या न्यून

कञ्चनपुरमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउनेको सङ्ख्या न्यून छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले बिहीबारदेखि ‘बुस्टर डोज’ खोप अभियान सुरुआत गरेको थियो ।

खोप लगाउनेको सङ्ख्या न्यून रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्ड चेन अधिकृत जनक कुँवरले जानकारी दिनुभयो । भारतबाट नेपाल फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेपछि कोभिडविरुद्धको तेस्रो मात्रा र चौथो मात्राको खोप अभियान सुरु भएको थियो तर खोप अभियानका सहभागिको सङ्ख्या न्यून रहेको उहाँले बताउनुभयो ।

मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र निर्माण हुँदै

मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र बन्ने भएको छ । स्याउको राजधानीको रुपमा परिचित मार्फामा पर्याप्त मात्रामा स्याउ भण्डारण गर्नको लागि एक करोड ४१ लाख लागतमा सङ्कलन तथा चिस्यान केन्द्र बन्न लागेको हो ।

घरपझोङ गाउँपालिका–२ सामग्री टोल नजिकै बन्ने उक्त केन्द्रको निर्माण तत्काल सुरु गरिने फलफूल तथा स्याउ ग्रेडिङ मेसीन उपभोक्ता समितिका सचिव सकबहादुर लालचनले जानकारी दिनुभयो ।

https://barnanmedia.com/detail/1680487488-u-l-hg-23-04-03

अव्यवस्थित तार नहटाउनेलाई कारबाहीको तयारी

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले अव्यवस्थित तार नहटाउनेलाई कारबाही गर्ने तयारी गरेको छ । प्राधिकरणले तुलसीपुरका सबै केबुल तथा इन्टरनेट वितरक कम्पनीसँग बैठक गरी तार नहटाउनेलाई विद्युत् लाइन काट्नेसम्मको निर्णय भएको छ ।

“हामीले पटक–पटक आग्रह गरे पनि कुनै पनि कम्पनीले प्रभावकारी काम गरेको पाइएन”, वितरण प्रमुख ज्ञानप्रसाद फर्सालले भन्नुभयो, “त्यसैले हामीले कडारुपमा अघि बढेका छौँ ।” अव्यवस्थित तारले बजार कुरुप बन्दै गएको भन्दै यसलाई अव्यवस्थित गर्नका लागि आगामी आजदेखि शुक्रबारसम्म नियमित तार हटाउने गरी तयारी गरिएको छ । तुलसीपुरमा नेपाल टेलिकमसहित १२ वटा त्यस्ता कम्पनी छन् ।

विश्वका नेपाली प्रतिभा काठमाडौँमा, गायन र नृत्यका अडिसन सुरु

मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा प्रतिस्पर्धा गर्न संसारभरबाट छानिएका नेपाली कलाकार काठमाडौँ आइपुगेका छन् ।

इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा काठमाडौँमा सुरु ‘साइटलेस अडिसन’मा भाग लिन विभिन्न महादेशका ५० भन्दा बढी देशबाट पहिलो चरणमा छानिएका नेपाली प्रतिभा काठमाडौँ आइपुगेका हुन् । फाउण्डेसनका अनुसार गायनतर्फको साइटलेस अडिसन आइतबारदेखि सुरु भएको छ ।

https://barnanmedia.com/detail/1680489557-l-a-ia-23-04-03

एलपी ग्यास लोड गरेको ट्यांकर पृथ्वी राजमार्गमा पल्टिँयाे: एक जनाको मृत्यु

 एलपी ग्यास लोड गरेको ट्यांकर पृथ्वी राजमार्गमा पल्टिँदा एक जनाको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ लेवाटारमा आज बिहान ६ बजेतिर ट्यांकर पल्टिएको थियो ।

चितवनको मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्यांकर अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । दुर्घटनामा परेर एक पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए ।

लुम्बिनीको विकासमा अन्तर्राष्ट्रिय विज्ञ समितिमा छलफल

बृहत्तर लुम्बिनी क्षेत्रको ऐतिहासिक, सांस्कृतिक सम्पदाको दिगो संरक्षण, विकास र पर्यटन प्रवद्र्धनका विषयमा अन्तर्राष्ट्रिय विशेषज्ञ समितिमा छलफल भएको छ ।

तीन दिनसम्म लुम्बिनीमा भएको अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको छलफलबाट विज्ञले पुरातात्विक संरचनाको संरक्षण र दिगो विकास र पर्यटनमा स्थानीयलाई जोडेर अगाडि बढाउनका ४२ बुँदे सुझाव दिएका छन् ।

जयनगर–कुर्था रेल सेवा : आत्मनिर्भर बनाउने योजना बनाइँदै

जयनगर–कुर्था खण्डमा नियमित रेल सेवा सञ्चालन भएको आज एक वर्ष पूरा भएको छ । गत २०७८ साल चैत १९ गते नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेपछि चैत २० गतेदेखि सो खण्डमा नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ ।

जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेल्वे मार्गमा अहिले दैनिक दुई आउने र दुई पटक जाने गरेको छ । रेल सेवा सुरु हुनुअघि रेलमा यात्रु हुन्छ कि हुँदैन भन्ने आशङ्काका बीच सुरु भएको रेल सेवामा यात्रा गर्ने यात्रुको चाप बढ्दै गएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । “सुरु हुँदा थुप्रै आशङ्का थियो”, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले भन्नुभयो, “तर अहिले सबै शङ्का र आशङ्का हट्दै गएको छ, रेलमा यात्रुको चाप दैनिक बढ्दै गएको छ ।”

उपेन्द्र यादवलाई लक्षित गर्दै उपचुनावमा विचार पुर्‍याएर भोट हाल्न मतदातालाई अपिल : अध्यक्ष डा .भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले आगामी उपचुनावमा विचार पुर्‍याएर भोट हाल्न मतदातालाई अपिल गरेका छन् । वैशाख १० गते हुने तनहुँ–१, चितवन–२ र बारा–२ मा प्रतिनिधिसभा उपनिर्वाचन लक्षित गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले चुनावको महत्त्व स्मरण गराएका हुन् ।

नागरिक उन्मुक्तिले अन्य दललाई समर्थन नगर्ने

 नागरिक उन्मुक्ति पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ ।

सत्तारुढ १० दलीय गठबन्धनमा रहेको उन्मुक्ति पार्टीले अन्य कुनै दललाई पनि समर्थन नदिने जनाउँदै तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन लागेको हो ।

दुई करोड लगानीमा दाना उद्योग सञ्चालनमा

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दाना उद्योग सञ्चालनमा ल्याएको छ ।

गैँडाकोट–११ हर्कपुरमा रहेको सहकारीले रु एक करोड ९४ लाख ८५ हजार दुई सय ६४ लगानीमा उद्योग सञ्चालनमा ल्याएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना, विकेन्द्रीकृत आयोजना सहयोग एकाइ पोखराको ५० प्रतिशत अनुदान र सहकारीको ५० प्रतिशत लगानीमा गैँडाकोट–११ मा ‘मुकुन्दसेन दाना उद्योग’ सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

भूपू सैनिक सम्मेलन मध्य पूर्वी पृतनामा सुरु

नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वार्टर मातहतका आठ जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकलाई लक्षित गरी ‘भूतपूर्व सैनिक सम्मेलन–२०७९’ यहाँ सुरु भएको छ ।

सम्मेलन जङ्गी अड्डाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा भएको हो । प्रधानसेनापति प्रभुराम शर्माले महोत्तरीस्थित सेनाको मध्य पुर्वी पृतना, बर्दिबास सैनिक शिविरमा आज आयोजित विशेष समारोहबीच सम्मेलन उद्घाटन गर्नुभयो । सम्मेलनमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, बारा, पर्सा, रौतहट र सप्तरीमा स्थायी बसोबास गर्ने करिब दुई हजार भूपू सैनिकको सहभागिता रहेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

अघि बढ्यो दरौदी कोरिडोर प्रसारण लाइन

दरौँदी तथा चेपे खोलामा निर्माण हुन लागेको जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि केराबारी– मस्याङ्दी (दरौँदी कोरिडोर) प्रसारण लाइन निर्माण हुने भएको छ ।

आइतबार एक समारोहबीच प्रसारण लाइनको शिलान्याश गरिएको राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री डा. नेत्रप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । कम्पनीले निर्माण गर्न लागेको यो पहिलो आयोजना हो । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव एवं राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका सञ्चालक समितिका अध्यक्ष दिनेशकुमार घिमिरेले प्रसारण लाइन आयोजनाको टावर निर्माणको शिलान्यास गर्नुभयो ।

६ सय रुपैयाँले घट्यो सुनको भाउ प्रतितोला

नेपाली बजारमा आज (सोमबार) पहेँलो धातु सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज आइतबारको तुलनामा सुनको भाउ ६ सय रुपैयाँले घटेको हो ।

आइतबार १ लाख ८ हजार एक ६ रुपैयाँमा कारोबार भएको छापवाल सुनको भाउ आज ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आज तेजाबी सुनको भाउ १ लाख ७ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

रास्वपा सभापति लामिछानेद्वारा उम्मेदवारी दर्ता

आगामी वैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

आज बिहान १० बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उहाँले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा सीता ज्ञवाली र समर्थकमा विक्रम श्रेष्ठ हुनुहुन्छ । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले निर्वाचन स्वच्छ र स्वस्थ प्रतिस्पर्धामा होस् भन्ने चाहना रहेको बताउनुभयो ।

नेपाली कलाकारलाई भारतीय चलचित्रमा देख्न चाहन्छुः निर्देशक द्विवेदी

भारतीय चलचित्र निर्देशक डा चन्द्रप्रकाश द्विवेदीले नेपाली कलाकारलाई आफूले भारतीय चलचित्रमा देख्न चाहेको बताउनुभएको छ ।

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आइतबार साँझ आयोजना गरेको अन्तरक्रियामा उहाँले नेपाल र भारतबीच भाषा र संस्कृतिमा धेरै समानता रहेको भन्दै नेपाली कलाकारले भारतीय चलचित्र क्षेत्रमा काम गर्न सक्ने धारणा राख्नुभयो ।

https://barnanmedia.com/detail/1680506088-l-llii-l-ex-23-04-03

खानेपानीको वैकल्पिक व्यवस्था

जिल्लाको म्याग्दे गाउँपालिका–४ स्थित पीपलटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको खानेपानी ट्याङ्कीमा महिलाको शव भेटिएपछि वैकल्पिक खानेपानीको व्यवस्था गरिएको छ ।

सोही वडाको ढाडखोला मुहानबाट ल्याइएको पानी ट्याङ्कीमा सङ्कलन गरी वितरण हुँदै आएकामा अहिले सिधै पाइपबाट बस्तीमा पानी वितरण गरिएको हो । नौ वटा धाराबाट एक सय ३८ घरधुरीमा वैकल्पिक किसिमले पानी वितरणको व्यवस्था मिलाइएको पीपलटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सन्देश अधिकारीले जानकारी दिनुभयो ।

शरीरका कुनैपनि अंगहरु दान गर्न तयार छु भन्ने मानिसको खाँचो छ:अध्यक्ष माधवकुमार नेपाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अरुको जीवन बचाउन आफूले गर्नसक्ने सबैकुरा दान गर्ने मानिसको खाँचो रहेको बताउनुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा युवा संघ नेपाल केन्द्रिय निर्वाचन आयोगले स्टालीन जयन्तीको अवसरमा आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मानव जातिको लागि रगतको आवश्यक्ता महत्वपूर्ण रहने बताउनु भयो ।

फिनल्याण्डका प्रधानमन्त्री मारिन पदच्युत, कन्जरभेटिभलाई अग्रता

फिनल्याण्डको प्रमुख कन्जरभेटिभ पार्टीले आइतबार भएको संसदीय निर्वाचनमा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । निर्वाचनमा दक्षिणपन्थी पपुलिस्ट पार्टी दोस्रो बनेको छ भने प्रधानमन्त्री सन्ना मारिनको सोसल डेमोक्र्याटिक पार्टीलाई तेस्रो स्थानमा राखेको छ ।

मतगणनाको अन्तिम परिणामले मध्यदक्षिणपन्थी राष्ट्रिय गठबन्धन पार्टी (एनसीपी) लाई २०.८ प्रतिशत मतसहित पहिलो दल भएको देखाएको छ भने द फिन्सले २०.१ प्रतिशत मत प्राप्त गरेको छ ।

फिनल्याण्डका प्रधानमन्त्री मारिन पदच्युत, कन्जरभेटिभलाई अग्रता

आगामी १० वैशाखमा हुने उपनिर्वाचनको सोमबार मनोनयन दर्ताको समय तोकिएको छ । बारा-२, चितवन-२ र तनहुँ-१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो ।

जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । तनहुँ १ बाट कांग्रेसका तर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गर्दैछन् ।

पत्रकार महिलालाई सूचना प्रविधिमैत्री बनाउनुपर्छ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पत्रकार महिलालाई सूचना प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभएको छ । सञ्चारिका समूहको २६ औँ नीति तथा कार्यक्रम र बजेटमा नै सहभागी गराएर पत्रकार महिलालाई सूचना प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभयो ।

मन्त्री शर्माले भन्नुभयो, “सरकार पत्रकार महिलाका विषयमा गम्भीर छ, के गरेर सहयोग गर्न सकिन्छ, सल्लाह गरेर अघि बढाँै ।” उहाँले आमसञ्चार विधेयक सञ्चार मन्त्रालयले अधि बढाएर पत्रकारलाई तालिम दिनेखालको एकेडेमी निर्माण गर्ने र त्यसले महिलाको व्यावसायिकतामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

बेरोजगारी र गरिबीका कारण दैनिक सयौं अफगान विदेश पलायन हुन बाध्य

तालिबानको शासनकालमा अफगानिस्तानमा गरिबी र बेरोजगारीको उच्च दरका कारण त्यहाँका बासिन्दाहरू रोजगारी खोज्न देश छोडेर विदेश जान बाध्य हुने गरेका टोलोन्यूजले जनाएको छ ।

त्यहाँका नागरिकले आफ्नो परिवारको पेट पाल्नका लागि गैरकानुनी रूपमा रोजगारीका लागि विदेश पलायन हुन बाध्य भएको बताएका छन् । सन् २०२१ को अगष्टमा तालिबानले अफगानिस्तानमाथि कब्जा जमाएपछि देशमा मानवीय सङ्कट धेरै गुणा बढेको छ । तालिवानको कडा प्रतिबन्धका कारण मानिसहरू बाँच्नका लागि देश छोडेर विदेशिनु परेको हो ।

सरकारद्वारा मिटरब्याजबारे छानबिन गर्न आयोग गठन

सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न छानबिन आयोग गठन गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याज पीडितको समस्याबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । शनिबार गृह मन्त्रालयमा सरकार र आन्दोलनरत मिटरब्याज पीडित सङ्घर्ष समितिबीच भएको पाँच बुँदे सहमतिमा मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले आयोग गठन गर्ने सहमति भएको थियो ।

यस्तो छ प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको १०० दिनको उपलब्धि (पूर्ण पाठ)

सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख प्राथमिकताका राखेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा गठित सरकारले मङ्गलबार एक सय दिन पूरा गर्दैछ ।

यस अवधिमा मुलुकको अर्थतन्त्रको पुनरुत्थान, राज्यका सबै तहमा सुशासनको प्रत्याभूति, विकास निर्माणकार्यमा तीव्रता, सेवा प्रवाहमा सरलीकरण, जनसेवा र जनसरोकारका मुद्दाको सम्बोधन, सामाजिक न्यायको प्रवद्र्धन तथा राष्ट्रियहितको अभिवृद्धि गर्ने उद्देश्यले सरकारले आफ्ना कामकाज अगाडि बढाइरहेको छ ।

https://barnanmedia.com/detail/1680529288-ulb-aa-23-04-03

जनताको विश्वास जित्दै पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उपनिर्वाचनमा जनताको विश्वास जित्दै पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई विजयी गराउन एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभयो । “आवधिक निर्वाचनको विशेष महत्त्व छ, निर्वाचनका बेला जनताले आफ्नो मत जाहेर गरेर प्रतिनिधि छान्छन्”, उहाँले भन्नुभयो, “हामीले जनताको विश्वास जित्नुपर्छ ।” महामन्त्री थापाले उपनिर्वाचनमा पनि सत्तारूढ गठबन्धनबीच तालमेल भएकाले तालमेललाई इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

निजी क्षेत्रलाई अर्थमन्त्रीको ढाडस, मनोबल उकास्ने प्रतिबद्धता

नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्थाबारे बुझ्न र सुझाव लिन सरोकारवाला निकायसँग सम्वाद थाल्नुभएको छ।

आइतबार नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घलगायत निजी क्षेत्रका छाता सङ्गठनसँग छलफल गर्नुभएका अर्थमन्त्री महतले आज सोमबार नेपाल बैंकर्स सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको पूँजीबजार फोरमसँग छलफल गर्नुभएको हो । विभिन्न निकायसँगको छलफलपछि अहिले अर्थतन्त्रमा देखिएका समस्यालाई सम्बोधन गर्ने र निजी क्षेत्रको खस्किएको मनोबल उकास्ने प्रतिबद्धता अर्थमन्त्रीले जनाउनुभएको छ ।

बिजुलीको आन्तरिक खपत बढाउनु नै आफ्नो मुख्य प्राथमिकतामा : ऊर्जामन्त्री बस्नेत

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशमा उत्पादित विद्युत् स्वदेशमा खपत गर्न क्षमता वृद्धि आफ्नो मुख्य प्राथमिकतामा रहेको बताउनुभएको छ ।

नेपाल विद्युत प्राधिकरणले आज आयोजना गरेको बधाइ, शुभकामना तथा स्वागत कार्यक्रममा मन्त्री बस्नेतले विद्युत् नपुगेका ठाउँमा सेवा विस्तार, प्रसारण र वितरण प्रणालीका पूर्वाधारलाई सुदृढीकरण तथा विस्तार गरी खपत क्षमता विस्तार गरिने बताउनुभयो । “विद्युत्को आन्तरिक खपत क्षमता वृद्धि गरी बढी भएको विद्युत्को व्यवस्थापन गर्नुपर्छ, देशभित्र खपत गरी बढी भएको विद्युत् त्यसै खेर फाल्न त मिलेन ? त्यसलाई निर्यात गर्नुपर्छ,”, मन्त्री बस्नेतले भन्नुभयो, “पूर्वाधार विस्तारका लागि आवश्यक पर्ने लगानी जुटाउन अर्थ मन्त्रालयलगायतका निकायसँग आवश्यक समन्वय गरिनेछ ।”

यो साता कारोबारको लगातार दोस्रो दिन पनि पुँजीबजारमा गिरावट

यो साता कारोबारको लगातार दोस्रो दिन पनि पुँजीबजारमा गिरावट देखिएको छ । आइतबार २० अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १६ दशमलव ६७ अङ्कले घटेको छ ।

नेप्सेकाअनुसार आज दुई सय ६० कम्पनीका २८ लाख २९ हजार चार सय २६ कित्ता शेयर रू ९२ करोड दुई लाख ४९ हजारमा कारोबार भएको छ । आज व्यापार समूह २५ दशमलव २२ अङ्कले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक एक सय तीन दशमलव ३७ र बीमा समूह ४८ दशमलव ०४ अङ्कले घटेको छ । आज बैंकिङ समूह नौ दशमलव चार, विकास बैंक समूह ३४ दशमलव ३६, वित्त समूह १२ दशमलव ६५, होटल तथा पर्यटन समूह १७ दशमलव ७८ र जलविद्युत् समूह ३२ दशमलव ६४ अङ्कले घटेको छ । लगानी समूह शून्य दशमलव ६५, उत्पादन तथा प्रशोधन समूह ४५ दशमलव ४०, लघुवित्त समूह ३८ दशमलव ९९, लघुवित्त समूह ३९ दशमलव २५, म्युचुअल फन्ड समूह शून्य दशमलव १२ र अन्य समूह आठ अङ्कले घटेको छ ।

https://barnanmedia.com/detail/1680520601-b-l-b-yj-23-04-03

रविको उम्मदवारी फेरि जोखिममा, सर्वोच्चमा पर्‍यो यस्तो रिट

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । महान्यायाधिवक्ताको निर्णयविरूद्ध युवराज सफलले आज सर्वोच्चमा रिट दायर गराएका हुन् ।

महान्यायाधिवक्ता दिनमणि पोखरेलले चैत ६ गते लामिछानेविरूद्ध राहदानी दुरूपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए।

https://barnanmedia.com/detail/1680523712-u-fu-23-04-03

साउदी अरबले दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने

साउदी अरबको ऊर्जा मन्त्रालयले मे देखि सन् २०२३ को अन्त्यसम्म दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको छ ।

पेट्रोलियम निर्यातक राष्ट्रहरूको सङ्गठन (ओपेक) का केही अन्य देशहरू र सहयोगको घोषणापत्रमा ओपेक सहभागी नभएका देशहरूको समन्वयमा उत्पादन कटौती गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । स्वैच्छिक कटौती ३३ औं ओपेक र गैर–ओपेक मन्त्रीस्तरीय बैठकमा सहमति भएको उत्पादनमा अतिरिक्त कटौती हो । मन्त्रालयले यो निर्णय विश्वव्यापी तेल बजारको स्थिरतालाई समर्थन गर्ने उद्देश्यले सावधानीको उपाय भएको जनाएको छ ।

बिक्न छाडे काम्लो, बख्खु र घुम

बागलुङको उच्च पहाडी क्षेत्रमा अहिले पनि थुप्रै भेडापालक कृषक छन् । हिउँद–बर्खामा लेकबेँसी गर्दै उनीहरुले भेडाबाख्रा पाल्दै आएका छन् । निसीखोला, तमानखोला र ढोरपाटनका उच्च पहाडी क्षेत्र पशुपालनका लागि उर्वर छन् ।

अहिले युवापुस्ता सहर केन्द्रित हुँदा र रोजगारीका लागि विदेश रोज्न थालेपछि भेडापालन सङ्कटमा पर्ने चिन्ता छ । वर्षांै पहिलेदेखि पुस्ता हस्तान्तरण हुँदै आएको भेडापालन अहिले केही सुस्ताएको छ । माथिल्लो खर्कमा पुग्दा सेताम्य भेडाका बथान भेटिन्छन् । भेडापालन गर्ने अधिकांश बुढापाका छन् । कृषकले मासुका लागि भेडा मात्रै बेच्दैनन् भेडाको रौँबाट बनेका कपडा पनि बेच्छन् । भेडाको रौँबाट बनेको हापदुला, काम्लो, बख्खु, घुमलगायत कपडा पानी तार्ने, हिउँमा जाडो छेक्ने तथा गर्मीमा घाम छेक्न उपयोगी मान्छिनन् ।