शुक्रबार, मंसिर २७, २०७६ | Friday, December 13, 2019

काठमाडौँ
एपीएफ टोलीद्वारा अवैध चोरीपैठारीको सामान बरामद   * तस्बिरले देखाइ रहेकोछ प्रधानमन्त्रीको अवस्था   * एउटा सभामुखमा नेकपाका तीन धार खेर जानसक्छन् दौरा सुरुवाल   * जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैन: गृहमन्त्री   * ‘समाजवादोन्मुख जनवाद’ का लागि नेकपा विधानबाट ‘जबज’ हटाइँदै   * भीम रावलद्वारा सरकारलाई गम्भीर प्रश्‍न: आफ्नो नक्सा बनाउन के ले रोक्यो?   * चन्द्रागिरीमा हिमपात   * वर्षाका कारण सुदूरपश्चिम महोत्सव स्थगित   * पिकनिक जाँदै गरेको मदन भण्डारी कलेजको बस पल्टियो , २२ जना सामान्य घाइते   * ‘भोक लागेर खाना खानु प्रकृति हो, अर्काको भाग खान खोज्नु विकृती हो’ : पूर्णिका शाह   *
शुक्रबार, मंसिर २७, २०७६ Friday, December 13, 2019
अर्थ वाणिज्य

सानिमा ग्रुपको २ अर्ब ९ करोड लगानीमा धुम्बाराहीमा होटल सञ्चालन

२८-साउन-२०७६ | ११:५७:२१ am

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ४ धुम्बाराहीमा सानिमा ग्रुपको २ अर्ब ९ करोड रुपैयाँ लगानीमा ‘होटल अकामा’ सञ्चालन शुभारम्भ गरेको छ । १ सय ८ कोठा तथा २ सय १६ बेडसहित पर्यटकीय सेवाको लागि हाल परीक्षण सञ्चालनमा आएको उक्त होटलमा ९० अमेरिकी डलरदेखि ६ सय अमेरिकी डलरसम्मका विविध सुविधा सम्पन्न कोठा उपलब्ध रहेका होटल व्यवस्थापनले समाचार प्रतिनिधिलाई जानकारी दिएको छ ।

होटलमा पाहुनाहरुलाई अत्याधुनिक सुविधायुक्त कोठाको अतिरिक्त स्विमिङ पुल , व्यायमशाला, रेस्टुरेन्ट, बार, बेकरी क्याफे, विभिन्न खाले सभा , सम्मेलन तथा बैबाहिक समारोह, र बैठकका लागि ५ सय जनासम्म अटाउने सभाहल साथै पर्याप्त सवारी पार्किङको सुविधा समेतको व्यवस्था रहेको छ ।

होटलको नवौं तलामा संचालित चाओ बेला चाइनिज इटालियन रेस्टुरेन्टबाट काठमाडौ वरपरका प्राकृतिक मनोरम दृश्यावलोकन सँगै अन्तराष्ट्रिय स्तरको विबिध खानाको परिकारका साथै उक्त स्थानमा प्रतिक्षालय, कफी सप, पुल तथा बारको समेत सुविधा रहेको जनाइएको छ ।

अन्तराष्ट्रियस्तरमा लोकप्रियता प्राप्त साइबेक्सका आधुनिक प्रविधियुक्त उपकरणसहितको जिम क्लब पनि सञ्चालनमा ल्याएको कुरा होटल व्यवस्थापनले जानकारी दिएको छ । आगामी अक्टोबर महिना देखि पूर्णरुपमा होटल सञ्चालन गर्ने गरि तयारी भइरहेको छ । होटलमा आउने पर्यटकहरुको मनोरञ्जनको लागि स्थानिय नेवारी र हिमाली संस्कृति झल्किने कार्यक्रमको स्वाद लिन सकिने समेत व्यवस्था मिलाइएको होटल व्यवस्थापनको भनाई रहेको छ।

विश्वस्तरिय आधुनिक सेवालाई नेपाली संस्कृति र मौलिकता दिने प्रयाससहित नेपाल आउने अतिथिहरुको सेवा सुविधामा विशेष जोड दिने होटलको प्रमुख उद्देश्य रहेको छ । सरकारले नेपाल भ्रमण वर्ष आगामी २०२० मा नेपालमा पर्यटक आगमन वृद्धि गराउन विभिन्न पहल गरिरहेका बेला पर्यटकलाई विभिन्न सुविधा दिलाउन र पर्यटन उद्योगलाई टेवा दिने सफल हुने यस होटलले विश्वास लिएको होटल संचालक समितिका अध्यक्ष विनयकुमार श्रेष्ठले बताए ।होटल संचालन शुभारम्भको अवसरमा विशेष अफरको रुपमा होटलको रेस्टुरेन्ट बिलमा २० प्रतिशतसम्म छुटको व्यवस्था रहेको पनि होटलका अध्यक्ष विनयकुमार श्रेष्ठले जनाए ।

पूर्णरुपमा होटल सञ्चालनमा आएपछि करिब ४० जनाले प्रत्यक्ष रोजगारी पाउने छन् । होटलमा बस्न आउन चाहनेलाई अनलाईन मार्फत अग्रिम बुकिङ समेत खुला गरिसकेको बताउदै ‘होटल अकामा विस्तृत सेवा र सुविधाका जानकारीका लागि वेबसाइटबाट जानकारी लिन सकिने कुरा अध्यक्ष श्रेष्ठले जानकारी दिए

सम्बन्धित समाचार