सोमबार, भाद्र ०२, २०७६ | Monday, August 19, 2019

काठमाडौँ
सोमबार, भाद्र ०२, २०७६ Monday, August 19, 2019
खेलकुद

अमेरिकाद्वारा सन्दीप लामिछानेलाई भिषा दिन अस्विकार

२८-साउन-२०७६ | ११:११:४९ am

काठमाडौं: क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दुतावासले भिषा दिन अस्विकार गरेको छ । क्यारेबियन प्रिमियर लिग २०१९ मा सहभागिता जनाउने तयारीमा रहेका लामिछानेलाई अमेरिकाले भिषा दिन अस्विकार गरेको हाे । २१ अगष्टबाट शुरु हुन लागेको खेलमा सहभागिता जनाउन लामिछाने भिषाका लागि मंगलबार आज बिहान महाराजगञ्जस्थित अमेरिकी दुतावास पुगेका थिए ।

सन्दीपले ट्वीट गर्दै अमेरिकाले भिषा नदिएकाे जानकारी गराएका छन । सन्दीपले ट्वीट गर्दै भनेका छन् “राष्ट्रिय क्रिकेटरको रुपमा सन् २०१६ देखि देशविदेशका विभिन्न लिगमा भाग लिइसकेको क्रिकेटरको भिषा अस्विकार गरिनुले मलाई आश्चर्य लागेको छ,” सन्दीपले ट्वीट गर्दै भनेका छन्। “मैले आवश्यक सम्पूर्ण कागजात बुझाएको थिएँ, तर पनि भिषा अस्विकार गरिँदा म निःशब्द भएको छु,” उनले भने, “एउटा खेलाडीका लागि लागि यो दुःखदायी अवस्था हो।”

 

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार