सोमबार, भाद्र ०२, २०७६ | Monday, August 19, 2019

काठमाडौँ
सोमबार, भाद्र ०२, २०७६ Monday, August 19, 2019
प्रदेश

समाजवादी पार्टीका प्रतिनिधिसभा सांसद् यादवद्वारा राजीनामा

२८-साउन-२०७६ | १०:४९:५५ am

काठमाडौं : सप्तरी १ बाट प्रतिनिधी सभामा निर्वाचित सांसद डा. सूर्यनारायण यादवले राजीनामा दिएका छन् । समाजवादी पार्टीका नेता यादवले राजिनामा दिएको पुष्टि गर्दै ‘उहाँले राजनीनामा दिनुभएको हो तर पार्टीले निर्णय गर्न बाँकी रहेको छ’ उमाशंकर अरगरियाले बताएका छन । उनले राजिनामा दिनुकाे कारण भने खुलाइएकाे छैन । यादवको राजीनामा स्वीकृत भए प्रतिनिधीसभामा सप्तरी १ पनि रिक्त हुने छ।

यादवले सोमबार सभामुख कृष्णबहादुर महरालाई राजीनामापत्र बुझाएको सभामुखको सचिवालयले जनाएकाे छ । “उहाँले राजीनामा बुझाउनु भएको छ, निर्णय हुन बाँकी छ” सभामुखको सचिवालयले भन्यो । यादव सप्तरीमा नाम चलेका डाक्टर हुन् । सरकारले मंसिर १४ मा उपनिर्वाचनको मिति तोकेको छ। देशभरमा विभिन्न पदका ५१ स्थानमा जनप्रतिनिधीहरु छैनन्।

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार