गोविन्द भट्टराईले तनहुँ १ बाट गरे मनोनयन दर्ता

पोखरा । नेपाली कांग्रेसका नेता गोविन्द्र भट्टराईले तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन् ।यसअघि उक्त क्षेत्रमा नेकपा एमालेको तर्फबाट पूर्वआईजीपी सर्वेन्द्र खनाल, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति र राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट पूर्णबहादुर रानाले उम्मेदवारी दर्ता गराएका छन् ।

१० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकिएको छ ।