सोमबार, भाद्र ०२, २०७६ | Monday, August 19, 2019

काठमाडौँ
सोमबार, भाद्र ०२, २०७६ Monday, August 19, 2019
अर्थ वाणिज्य

श्री एयरलाइन्सको जहाज पहिलो उडान गर्दै आज भारत जाने

२७-साउन-२०७६ | ०२:२६:३४ pm

काठमाडौ , साउन २७ ।
नीजि क्षेत्रबाट संचालित श्री एयरलाइन्सको जहाज आज पहिलो पटक परिक्षण उडान गर्दै भारतको बनारस जाने भएको छ । एयरलाइन्सले अन्तराष्ट्रिय चार्टड उडान अनुमति पत्रकोलागि यो परिक्षण उडान गर्न लागेको हो । करिब छ महिनाअघि नै संस्कृति , पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा एयरलाइन्सले अन्तराष्ट्रिय उडान इजाजतका लागि पत्राचार गरेको थियो ।
नेपाल सरकारले श्री एयरलाइन्सलाई नियमित अन्तराष्ट्रिय उडानका लागि अनुमति लिनका लागि गर्नु पर्ने आवश्यक प्रक्रिया अन्तर्गत नै बनारसमा यो परीक्षण उडान गर्न लागेको कुरा एयरलाइन्स निकट सुत्रले जानकारी दिएको छ । ५० सिट क्षमता सहितको जेट बायुयान एयरलाइन्सले परीक्षण उडान अन्तर्गत उत्तर प्रदेशको प्रमुख धार्मिक स्थल बनारस जान लागेको हो । नेपाल नागरिक उडययन प्राधिकरणका प्राविधिक अन्य अधिकारीहरु सहितको एक टोली श्री एयरलाइन्सको जहाजमा आज अपरान्ह परीक्षण उडान भर्ने क्रममा त्यस तर्फ जान लागेका छन । यस परीक्षण उडान पश्चात निकट भविष्यमा श्री एयरलाइन्सले देशको पर्यटन उद्योग प्रबद्र्धन कार्यमा सघाउ पु¥याउदै नियमित अन्तराष्ट्रिय उडान अनुमति पाउने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार