सोमबार, भाद्र ०२, २०७६ | Monday, August 19, 2019

काठमाडौँ
सोमबार, भाद्र ०२, २०७६ Monday, August 19, 2019
अन्तर्राष्ट्रिय

अन्ततः पूर्व अध्यक्ष सोनियाले नै कंग्रेसको नेतृत्व सम्हाल्ने

२७-साउन-२०७६ | १२:२५:०८ pm

अध्यक्ष पदका लागि भारत राष्ट्रिय कंग्रेसको कार्यकारिणी बैठकले गरेको थुप्रै माथापच्ची पछि यस अघि पार्टी नेतृत्वबाट अवकास लिइसक्नु भएका पूर्व अध्यक्ष सोनिया गान्धीलाई नै पार्टीका अन्तरिम अध्यक्षको रुपमा चयन गर्न सफल भएको छ । शनिवार राति अवेर सम्म बसेको पार्टी कार्यकारिणी बैठकले अर्को व्यवस्था नभएकोसम्मलाई भनी पार्टी सर्वोच्च नेतृ गान्धीलाई अध्यक्ष पदमा चयन गरि नेतृत्वको जिम्मेवारी दिने निर्णय गरेको हो ।

छिमेकी राष्ट्र भारतमा गत अप्रेल र मे महिनामा भएको तल्लो सदन लोकसभाको विभिन्न चरणमा भएको संसदीय निर्वाचनमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी समर्थित एनडिए ले दुई तिहाइ नजिक पुग्नेगरि देशव्यापि रुपमा विजय हासिल गरेको थियो । भारतको सवभन्दा पुरानो र ठूलो पार्टी मानिएको पार्टी कंग्रेसलाई यस निर्वाचनमा भाजपा र भाजपा समर्थित दलहरुले अत्यधिक बहुमतले पराजय गराएपछि पार्टी पंक्ती भित्र नेतृत्वको आलोचना हुन थालेपछि लोकसभा निर्वाचनमा भएको हारको जिम्मेवारी लिदै नेता राहुल गान्धीले पार्टी अध्यक्षको पदवाट गत जुलाई महिनामा राजिनामा दिनुका साथै कुनैपनि हालतमा त्यसमा पुनर्विचार नगर्ने प्रतिवद्धता व्यक्त गरि नयाँ नेतृत्व चयन गर्न पार्टी कमिटीलाई विशेष दवाव दिएका थिए ।

पार्टी अध्यक्ष राहुल गान्धीले राजिनामा दिएपछि पार्टी कार्यकारिणीको पटक पटक बैठक बसेको थियो भने हरेक बैठकमा पार्टीका प्रभावशाली नेताहरुले राहुललाई राजिनामा फिर्ता लिइ नेतृत्वमा निरन्तरता दिन आग्रह गर्दै आएको र राहुलले आफू कुनैपनि हालतमा अध्यक्ष पदमा नवस्ने जानकारी दिएका थिए । अध्यक्ष पदका लागि सम्भाव्यरुपमा पार्टीका विभिन्न अग्रज नेताहरुको नाम आएतापनि पार्टी अध्यक्षको चयनको लागि बसेको केन्द्रीय समितिको बैठकले अन्ततोगत्वा राहुल गान्धीका आमा पूर्व अध्यक्ष पार्टी नेतृ ७२ बर्षीया सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष पदमा सर्बसम्मतरुपमा चयन गरिएको हो । गान्धीका पति भारतका पूर्व प्रधानमन्त्री तथा भारतीय राष्ट्रिय कंगे्रसका अध्यक्ष राजिब गान्धीको असामायिक निधन पछि सन १९९८ मा पार्टीको नेतृत्वमा सम्हाल्दै आएकोमा त्यसवाट अवकास लिई आफना उत्तराधिकारीको रुपमा सन २०१७ देखि छोरा राहुल गान्धीलाई नेतृत्व हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार