शुक्रबार, मंसिर २७, २०७६ | Friday, December 13, 2019

काठमाडौँ
विप्लव माओबादी समूहका जिल्ला इन्चार्जसहित दुई पक्राउ   * ठूलो दुर्घटनाबाट जोगियो बिरगंज, जोखिम अझैं यथावत   * एपीएफ टोलीद्वारा अवैध चोरीपैठारीको सामान बरामद   * तस्बिरले देखाइ रहेकोछ प्रधानमन्त्रीको अवस्था   * एउटा सभामुखमा नेकपाका तीन धार खेर जानसक्छन् दौरा सुरुवाल   * जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैन: गृहमन्त्री   * ‘समाजवादोन्मुख जनवाद’ का लागि नेकपा विधानबाट ‘जबज’ हटाइँदै   * भीम रावलद्वारा सरकारलाई गम्भीर प्रश्‍न: आफ्नो नक्सा बनाउन के ले रोक्यो?   * चन्द्रागिरीमा हिमपात   * वर्षाका कारण सुदूरपश्चिम महोत्सव स्थगित   *
शुक्रबार, मंसिर २७, २०७६ Friday, December 13, 2019
रोचक खबर

बिज्ञानको चमत्कार ! अब पुरुषले पनि बच्चा पाउन सक्ने

२७-साउन-२०७६ | ०७:३७:३९ am

तपाई हामी जो कोहीलाई सुन्दा पनि पत्याउन नसकिने अच्चम्म लाग्दो कुरा लाग्न सक्छ कि बिज्ञानको प्रगति यति चमत्कार पूर्ण हुदैछ कि अब पुरुषले पनि बच्चा जन्माउन सक्ने भएका छन् । यो कुरा कुनै काल्पनिक साहित्य नभएर अत्यन्त सत्य हो कि पुरुषले पनि महिला सरह गर्भधारण गरि बच्चा जन्माउन सक्ने भएका छन् ।

सुन्दा पनि पत्याउनै नसकिने यो कुरालाई आधुनिक विज्ञानले सम्भव बनाएको हो । हालै अष्ट्रेलियामा २२ जना पुरुषले गर्भधारण गरेको बच्चा जन्माएका छन् । ती सवैले आफनो लिंग परिवर्तन गरी महिलाबाट पुरुष बनेकाहरुले नवजात शिशुलाई जन्म दिन सफल भएका हुन् ।

यस सम्बन्धमा अष्ट्रेलिया सरकारले हालै जारी गरेको तथ्यांक विवरण अनुसार गत दश वर्षको अबधिमा बैज्ञानिक प्रविधिको विकासका खुडकिला पार गर्न यहाँ २२ जना पुरुषले सफलताका साथ जीबन यापन गर्न सक्नृे भएका छन ।

अष्ट्रेलियाको डिपार्टमेन्ट अफ ह्युमन सर्भिसले सार्वजनिक गरेको तथ्यांक जन्म दरसँग सम्बन्धित कार्यक्रममा विशेष खालको प्रविधिको मद्धत लिई महिलाबाट पुरुष बनेकाहरुले बच्चा जन्माएको उल्लेख छ ।

कुनै कुनै हाम्रा मानिसलाई एउटा घटनामा भने लिंग अन्नोन (थाहा नभएको)भनेर वर्गीकृत गरिएको थियो । केहि महिलाहरु लिंग परिवर्तन गरी पुरुष बनेकाहरुले बच्चा जन्माएपछि कतिपयले भने पुरुषत्वमाथिको चुनौतिको रुपमा टिप्पणी गरेका छन् । यस्तै खवरहरु विगतमा महिला भएपनि पुरुष लिंग भइसकेपछि फेरि बच्चा जन्माए भने त्यो साँच्चिकै पुरुष हुन नसक्ने उनीहरुको तर्क छ ।

सम्बन्धित समाचार