शुक्रबार, मंसिर २७, २०७६ | Friday, December 13, 2019

काठमाडौँ
एपीएफ टोलीद्वारा अवैध चोरीपैठारीको सामान बरामद   * तस्बिरले देखाइ रहेकोछ प्रधानमन्त्रीको अवस्था   * एउटा सभामुखमा नेकपाका तीन धार खेर जानसक्छन् दौरा सुरुवाल   * जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैन: गृहमन्त्री   * ‘समाजवादोन्मुख जनवाद’ का लागि नेकपा विधानबाट ‘जबज’ हटाइँदै   * भीम रावलद्वारा सरकारलाई गम्भीर प्रश्‍न: आफ्नो नक्सा बनाउन के ले रोक्यो?   * चन्द्रागिरीमा हिमपात   * वर्षाका कारण सुदूरपश्चिम महोत्सव स्थगित   * पिकनिक जाँदै गरेको मदन भण्डारी कलेजको बस पल्टियो , २२ जना सामान्य घाइते   * ‘भोक लागेर खाना खानु प्रकृति हो, अर्काको भाग खान खोज्नु विकृती हो’ : पूर्णिका शाह   *
शुक्रबार, मंसिर २७, २०७६ Friday, December 13, 2019
अन्तर्राष्ट्रिय

ठूलो दुर्घटना टर्यो धन्न बाँचियो

२६-साउन-२०७६ | ०८:२४:५७ pm

हालै पृथ्वीको नजिकबाट भीमकाय उल्कापिण्ड गएपछि पृथ्वीमा महाप्रलय आउने सम्भावना तत्कालका लागि टरेको छ ।

१०,४०० माइल प्रतिघण्टाको गतिमा आएको उल्कापिण्ड पृथ्वीभन्दा ४६ लाख किलोमिटर टाढाबाट गएको हो । यसलाई अन्तरिक्षमा निकै नै नजिकको दूरी मानिन्छ ।

१।८६० किलोमिटर ब्यास भएको २००६ क्यूक्यू २३ नामक पिण्ड पृथ्वीमा खस्नसक्ने भन्दै वैज्ञानिकहरुले चिन्ता व्यक्त गर्दै आएका थिए ।

यसको सन् २००६ मा पहिचान गरिएको थियो । यो पिण्ड पृथ्वीमा खसेको खण्डमा कुनै आणविक बम भन्दा ५ सय गुणा धेरै विनाशकारी हुने र यसले लाखौं मानिसहरुको ज्यान जानसक्ने अनुमान गरिएको थियो ।

सन् २०१३ मा रुसको चेल्याबिन्स्क शहरनजिक धेरै सानो आकारको उल्का खस्दा १५ सय जनाभन्दा धेरै घाइते भएका थिए ।

पृथ्वीमा उल्कापिण्डका कारण विभिन्न युगमा महाप्रलय आउने गरेका छन् । साढे ६ करोड वर्षअघि पृथ्वीमा उल्कापिण्ड खस्दा डाइनासोर लोप हुन पुगेका थिए ।

सम्बन्धित समाचार