शुक्रबार, मंसिर २७, २०७६ | Friday, December 13, 2019

काठमाडौँ
मोबाइल पसलमा चोरी   * समस्याको जंजालमा छोरीले गरेको किरीया र बाबुले दिएको दाईजोको संयोग   * माइक्रो र बस एकापसमा ठोक्किए,१४ जना घाइते   * विप्लव माओबादी समूहका जिल्ला इन्चार्जसहित दुई पक्राउ   * ठूलो दुर्घटनाबाट जोगियो बिरगंज, जोखिम अझैं यथावत   * एपीएफ टोलीद्वारा अवैध चोरीपैठारीको सामान बरामद   * तस्बिरले देखाइ रहेकोछ प्रधानमन्त्रीको अवस्था   * एउटा सभामुखमा नेकपाका तीन धार खेर जानसक्छन् दौरा सुरुवाल   * जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैन: गृहमन्त्री   * ‘समाजवादोन्मुख जनवाद’ का लागि नेकपा विधानबाट ‘जबज’ हटाइँदै   *
शुक्रबार, मंसिर २७, २०७६ Friday, December 13, 2019
अन्तर्राष्ट्रिय

भारत पाकिस्तान तनाववीच कस्मिरमा रहेका ८० हजार नेपालीको सुरक्षा चिन्ता

२६-साउन-२०७६ | ०६:३१:०३ pm

भारतले जम्मु कस्मिर राज्यलाई दिएको धारा ३७० को अधिकार कटौती गरेपछि अहिले भारत पाकिस्तान सम्वन्धमा व्यापक तनावपुर्ण भएको छ । पकिस्तानले भारतसंगका सवैजसो कुटनीतिक सम्वन्धलाई रोकेको छ । भारतले केन्द्रबाट ४६ हजार सैन्यवल कस्मिरमा उतारेपछि त्यो घारा हटाएको थियो । त्यसपछि कस्मिर भित्रै स्थिती सामान्य जस्तो देखिएपनि भारत पाकिस्तान सम्वन्धमा अति तिक्तता आएको छ । सन् १९४७ पछि भारतमा गाभिएको जम्मु कस्मिरका तत्कालिन राजा हरिसिंहले जम्मुमा अन्य प्रदेशलेभन्दा केहीबढी अधिकार लिएका थिए । अहिले यहाँ अन्यौल को अवस्था सृजना भएको छ ।

यो भारत पाकिस्तानको बिषय भएकोले नेपालले यसका कुनै सकारात्मक वा नकारात्मक विषय छलफल गरेको छैन । तर जम्मु कस्मिरमा काम गरी बस्ने ८० हजार बढी नेपालीको अवस्थाका बारेमा सरकारले कस्मिर प्रशासनसंग सम्पर्कमा रहन आवश्यक छ ।

भारत पाकिस्तान तनाव अन्तर्गत पाकिस्तानले निम्न निर्णय गरेको छ ।

१ भारत पाकिस्तान बीचको व्यापार सम्वन्ध वा गतिविधी पुर्णरुपमा प्रतिवन्ध लागाइएको छ ।
२. पाकिस्तानमा भारतीय सिनेमा चलाउन नपाइने भएको छ ।
३. पकिस्तानबाट भारतसम्म आउने संझौता एक्सप्रेसको यात्रा रोकिएको छ ।
४ पाकिस्तान भारतीय टिभि च्याननल प्रतिवन्धित गरिएको छ ।
५. कस्मिरका जनतालाई पिडा भएको भनी टिभिमा इदका गित लगायत धार्मीककार्यक्रम रोकिएको छ ।
६. भारतको स्वतंन्त्रता दिवस १५ अगस्तलाई कालो दिनको रुपमा मनाउने ।
७. पाकिस्तानी टिभि डिवेटमा कुुनै भारतीयलाई ल्याउन नपाइने ।
८. पाकिस्तानले भारतवाट आफ्नो राजदुत तथा उच्चायुक्तलाई फिर्ता बोलाइ सकेको छ ।

यो धार ३७० फिर्ता लिन ठिक हो होइन भनी नेपाल सरकारले कुनै प्रतिक्रिया दिन मिल्ने अवस्था छैन तर नेपालीको अवस्थाका वारेमा बुझ्न जरुरी छ ।

सम्बन्धित समाचार