रमेश खरेललाई स्वागत गरेर रवि लामिछाने किन आफ्नै लागि खाल्डो खन्दै छन् ?

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा–२ मा रमेश खरेलले चुनाव लड्ने भएका छन् । खरेलले रास्वपा प्रवेश गरिसकेका छन् । रास्वपाले पनि उनलाई टिकट दिने टुंगो गरिसकेको छ । शनिबार रवि लामिछानेले खरेलसँगै कुम जोडेर पत्रकार सम्मेलन आयोजना गर्दै छन् ।

खरेल नेपाली प्रहरीका पूर्वएसएसपी हुन् । उनी आईजीपीका दाबेदार थिए । तर उनी कामभन्दा प्रचारबाजी बढी गर्ने र प्रहरी अनुशासनमा नरहने स्वभावका कारण एसएसपीबाटै बाहिरिनुपर्‍यो ।

गएको चुनावमा उनी काठमाडौं–१ बाट चुनाव लडेका थिए । त्यतिखेर उनले जम्मा ३१२४ हजार मत पाएका थिए । कांग्रेसका प्रकाशमान सिंहले ७१४३ मत ल्याएर विजयी हुँदा दोस्रो स्थानमा राप्रपाका रवीन्द्र मिश्र रहे । उनले ७०१८ मत पाए । विवेकशील साझा पार्टीका पुकार बमले ४११५ मत पाएका थिए । रमेश खरेल पाँचौं स्थानमा थिए । उनले जमानत पनि जोगाउन सकेनन् ।

खरेल कति लोकप्रिय छन् भनेर हेर्न यही चुनाव काफी छ । प्रहरीमा जागिर खाएर बर्दी देखाएर चर्चा कमाउनु जति सजिलो छ, जनताको मन जितेर राजनीति गर्नु त्यति सजिलो छैन । फेरि उनी व्यावसायिक दक्षता र इमानमा त्यति दरिएका प्रहरी अधिकृत पनि होइनन् । वीरगन्जमा छँदा छोरा र श्रीमतीका नाममा सुराकी लेखाएर लाखौं कमिसन खल्तीमा राख्ने रमेश खरेलले भ्रष्टाचारविरोधी अभियान चलाउँछु भन्दा कसैले नपत्याउनु स्वाभाविक थियो र छ । त्यसैले काठमाडौंका जनताले उनको वास्तविक हैसियत निर्धारण गरिसकेका छन् ।

गत मंसिरको चुनावमा पराजित भएका खरेललाई तीन महिना नबित्तै फेरि उम्मेदवार बनाउनु राष्ट्रिय स्वतन्त्र पार्टीको लागि राजनीतिक रुपमा अर्को महाभुल हो । जनताबाट बहिष्कृत र अस्वीकृत खरेललाई नवोदित शक्तिका नेता रवि लामिछानेले अँगालो हाल्नु जनादेशकै तेजोबध गर्नु हो । जनताले गरेको आशामाथि तुषारापात गर्नु हो । जनताको मतको अपमान पनि हो।
नारायण प्रसाद दाहाल

आवधिक चुनावको सामान्य र आधारभूत मान्यता नै हो कि एकपटक जनताले मत दिएपछि उक्त मतको सम्मान गर्नु र जनताले भनेको थान्कोमा बस्नु । चुनाव जितेकोले जिम्मेवारी पाउँछ । हार्नेले सुध्रिने मौका पाउँछ । जित्नेले जति काम गर्ने मौका पाउँछ, हार्नेले सुध्रिन पनि त्यति नै मौका पाउँछ । हामीकहाँ हरेक ५ वर्षमा आम निर्वाचन हुन्छ । अर्थात् जनताले ५ वर्षका लागि मतदान गरेका हुन् । मंसिरको चुनावमा पराजित हुनेहरुले कम्तीमा ५ वर्ष धैर्य गर्नैपर्छ । त्यो नै जनताको आदेश हो ।

तर रवि लामिछाने भने काठमाडौंका जनताले अस्वीकृत गरेका पात्रलाई बारामा उठाएर बाराका जनताको अपमान गर्दै छन् । अन्यत्रका अस्वीकृत, तिरस्कृत र बहिष्कृत अनुहारलाई अनुमोदन गर्नुपर्ने गरी बाराका जनताले के अपराध गरेका छन् ? के बाराका जनता ताजा र आसलाग्दा अरु कोही युवा तथा बौद्धिक व्यक्तित्व चुन्नका लागि लायक छैनन् र ? छानीछानी हरूवा नै बारामा उम्मेदवार बन्नु र बनाउनुपर्ने ?

ठूला दलको सिन्डिकेट र मनपरीविरूद्ध रास्वपाले अर्को कुनै क्रान्तिकारी कदम चाल्नेछ भन्ने अपेक्षाविपरीत उनै सडेगलेका र सहरमा नखपेका अनुहार भिडाउन कसले सल्लाह दियो ? रवि कसबाट सञ्चालित छन् ? यो गम्भीर प्रश्न बनेर अगाडि आएको छ । यदि यस निर्णयबाट रवि पछि हटेनन् र समयमै सच्याएनन् भने उनको पतनको प्रस्थानविन्दु यही हुनेछ ।


सत्ता गठबन्धन दलले मन्त्रालयको भागबण्डा बुधबार टुंग्याएपनि आज मन्त्रिपरिषद बिस्तार हुन सकेन । संख्यागत भागबण्डा मिलेपनि कुन मन्त्रालय कुन दलले लिन भन्ने टुंगो नलाग्दा मन्त्रिपरिषद बिस्तार हुन नसकेको हो । गठबन्धन दलका शिर्ष नेताको बैठक आज दुई पटक बसेपनि सहमति जुट्न सकेन।

सामान्य प्रशासन, उर्जा, पर्यटन लगायत मन्त्रालयमा धेरै दलको दाबीले सहमति नजुटेको हो । उता दलहरुमा मन्त्री बन्नका लागि रस्साकस्सी चलेको छ । गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा संस्थापन र इतर पक्षबीच विवाद देखिएको छ । पार्टीले पाउने आठ मन्त्रालयमध्ये इतर पक्षले ३ वटामा दाबी गरेको छ ।