सोमबार, भाद्र ०२, २०७६ | Monday, August 19, 2019

काठमाडौँ
सोमबार, भाद्र ०२, २०७६ Monday, August 19, 2019
मुख्य​ समाचार

काठमाण्डौमा सरकारी जग्गामा बनेका ५ भवनमा डोजर, देशभर सतर्कता

२६-साउन-२०७६ | १२:५१:४४ pm

काठमाण्डौको सुकेधाराको रुद्रमती (धोवीखोला) नदिको छेउतिर सडकको किनारामा सरकारी जग्गामा बनेका संरचनाहरु डोजर लगाएर भत्काइएको छ । आफ्नो लालपुर्जा नभएको ठाउँमा बनाइएका यि टहरा देख्दा अस्थायी जस्तो देखिएतापनि वास्तवमा माथि टिन लगाएर भित्र टन्न वसोवास गर्न मिल्ने संरचना हुन् ।

अहिले भत्काइएका यि संचनामा कुनैमा खुद्रापसल राखिएको थियो , कुनैमा सानो चीया नास्ता पसल खोलीएको थियो । प्रत्येक संरचनामा मानिस बसेका थिए अहिले सरकारले सवै अबैध वस्तिका ति भवनलाई पुर्णरुमा भत्काएको छ तर । यसरी भत्काउने लहरै सबै घर भत्काएको होइन केवल जुन जुन भवन सरकारी जग्गामा खडा गरिएको हो त्यत्तिमात्र भत्काएर त्यो भित्रका सामानहरुु इँटा लगायत घरायसी सामान झिकेर बाहिर राख्न दिइएको छ ।

एउटा ठुलै प्लटभएको जग्गामा तरकारी खेती गर्दै बीचमा घर बनाएर बसेको ठाउँमा भत्काइएको छ । यसरी सरकारी जमिनलाई सरकारले अव खाली बनाउने तयारी गरेको बुभिएको छ । अव कसैले पनि सरकारी जमिन अतिक्रमण गरेर भवन बनाएको छ भने ३ पटक सोच्नु पर्ने अवस्था आएको छ ।
भूकम्प जस्ता जोखिमपुर्ण अवस्थामा सर्वसाधारण मानिस दौडेर जानका लागि पनि अव सरकारी जमिन पुर्णरुपमा खाली बनाएर राख्नु पर्ने आवश्यकता छ । हरेक खाली जमिन संरचना बनाउने काम रोकिनु पर्छ । अव स्थानीय सरकारले सार्वजनिक जग्गा खोजेर सुरक्षीत राख्नु पर्ने आवश्यकता छ ।

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार