रोचक बन्दै बारा-२, उपेन्द्र यादवलाई टक्कर दिन लोसपाबाट राजेन्द्र महतो उमेदवार बन्दै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले वैशाख १० मा हुने उपनिर्वाचनमा बारा २ वरिष्ठ नेता राजेन्द्र महतोलाई उम्मेदवार बनाउने भएको छ।

त्यहाँबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनता समाजवादी पार्टी (जसपा)का नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो ।बिहीबार बसेको लोसपाको बैठकले बारा २ को उपनिर्वाचनमा नेता महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए।

गएको मंसिर ४ गते भएको निर्वाचनमा सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष सीके राउतसँग फराकिलो मतान्तरले पराजित भएका जसपाका अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनमार्फत संसद् छिर्ने तयारीमा छन् । 

जसपा अध्यक्ष उपेन्द्र यादवलाई टक्कर दिन महतो त्यहाँ चुनाव लड्न लागेका हुन।