बिहिबार, मंसिर २६, २०७६ | Thursday, December 12, 2019

काठमाडौँ
बंगलादेशी विदेशमन्त्रीकाे भारत भ्रमण रद्द   * मनाङको माथिल्लो भेगमा भारी हिमपात   * ४ जनालाई नागरिकता दिनुपर्छ भन्दा मोदीको कुर्सि हल्लिदैछ तर नेपालमा जो आउँछ घुस ल्याउँछ नागरिकता पाउँछ   * राष्ट्रियसभाको निर्वाचन गर्ने मिति घोषणा   * सात किलो चरेससहित चारजना पक्राउ   * हिमपातले टिपर दुर्घटना गरायो, दुईको मृत्यु   * संघमा खुलेको अधिकृतको विज्ञापन पर्याे विवाद   * राउटेलाई कूल पूजाको चटारो   * तीन दिनसम्म लगातार बदली, वर्षा र हिमपातको सम्भावना : मौसमविभाग   * लामखुट्टे मार्न नसक्ने सरकारसंग देशले के आश गर्ने भनी आवाज उठाउने यि सांसदले पाईन अन्तर्राष्ट्रिय पुरस्कार   *
बिहिबार, मंसिर २६, २०७६ Thursday, December 12, 2019
अर्थ वाणिज्य

एउटा बोटले बर्षमा २५ हजारसम्म आम्दनी दिने सिउँडी प्रजातिको ड्रागनफल

२४-साउन-२०७६ | ०१:०७:३१ pm

काभ्रे जिल्लाको नमोबुद्धमा भेषमान श्रेष्ठले एउटा नयाँ फल उत्पादन गरेकाछन् । विदेशबाट आयात गरेर नेपालमा बेचिने गरेको तर नेपालमै उत्पादन भै बजारमा नआएको ड्रागन फलको व्यवशायिक उत्पादन शुरु भै सकेको छ ।

ड्रागन फलको बेर्ना किनेर ८०० देखि १००० मिटरको उँचाइमा लगाउनु पर्दछ । श्रेष्ठले बताए अनुसार बेर्ना सारेको भन्दा काटेर हाँगा सारेर लगाए छिटो फल्छ । यो फल लगाएको ३ देखि ४ बर्षमा फल्दछ । एउटा रुखमा बर्षमा १५ देखि ५० केजी फल फल्दछ । यसको मुल्य प्रति केजी ५०० रुपियाँमात्र अनुमान गर्दा पनि एउटा रुखले बर्षमा ७५०० देखि २५००० सम्म आम्दानी दिन सक्दछ ।

सिउँडीकै दाना जस्तो यो फल काटेर भित्रको गुदि खाइन्छ जसको स्वाद हल्का गुलियो, जस्तो भएपनि यो स्वादहीन हुन्छ । जसरी ध्यूको स्वाद व्याख्याहीन हुन्छ त्यसरी नै यो पनि स्वादहीन हुन्छ । यो रेशादार फल भएकोले यो मुटुका रोगीका लागि अति उपयोगी हुन्छ साथै यसको नियमित सेवनले कोलेष्टर घटाउने जस्ता महत्वपुर्ण काम गर्दछ ।

स्याउ चीन भारतबाट आयात गरिन्छ बेसिजनमा स्याउ पनि ३०० । ४०० रुपियाँ केजी सम्म पर्न जान्छ भने नेपालमै फलेको स्वादिष्ट र पौष्टिक फलको व्यापार हुनु राम्रो मानिन्छ ।

काभ्रेमा भेषमान श्रेष्ठले लगभग २७०० बोटहरु लगाउनका लागि २ करोड ५० लाख बढी लगानी गरेको बताएका छन् । त्यो फलको रुख अड्याउनका लागि जमिन वीच वीचमा पोलहरु गाड्नु पर्छ । पोलको टुप्पोमा टायर राखिएको हुन्छ । यसले गर्दा एउटै पोलमा ३ भन्दा बढी बोटहरु हुर्काउन सकिन्छ । व्यवशायिक रुपमा यो खेती गर्नका लागि त भेषमान कै सल्लाह लिन पर्म जान ठिक हुन्छ । वा अन्य कुनै यूट्युव च्यानलहरु हेर्न ठिक हुन्छ । तर गर्मी ठाउँमा यदि जग्गा छ र जाँगर छ भने यो फलको खेती आयको दृष्टीले उपयुक्त छ । यो फलको बीच बीचमा अन्य घुसूवा बाली पनि लगाउन सकिन्छ । जस्तै तरकारी , अदुवा आदि । समुद्र सतह देखि १००० मिटर भित्र यसको राम्रो उव्जनी हुन्छ ।

सम्बन्धित समाचार