बिहिबार, मंसिर २६, २०७६ | Thursday, December 12, 2019

काठमाडौँ
ओलीले सञ्चारमन्त्रीमार्फत माधवलाई हाने थप्पड   * सन् २०२० मा औसत आर्थिक वृद्धिदर ६.५ प्रतिशत रहने विश्व बैङ्कको प्रक्षेपण   * पौडेल पक्षले बहिस्कार गर्‍यो केन्द्रीय समिति बैठक   * बंगलादेशी विदेशमन्त्रीकाे भारत भ्रमण रद्द   * मनाङको माथिल्लो भेगमा भारी हिमपात   * ४ जनालाई नागरिकता दिनुपर्छ भन्दा मोदीको कुर्सि हल्लिदैछ तर नेपालमा जो आउँछ घुस ल्याउँछ नागरिकता पाउँछ   * राष्ट्रियसभाको निर्वाचन गर्ने मिति घोषणा   * सात किलो चरेससहित चारजना पक्राउ   * हिमपातले टिपर दुर्घटना गरायो, दुईको मृत्यु   * संघमा खुलेको अधिकृतको विज्ञापन पर्याे विवाद   *
बिहिबार, मंसिर २६, २०७६ Thursday, December 12, 2019
प्रदेश

‘लाउँदिन’ बोलको नयाँ गीत बजारमा (हेर्नुहाेस भिडियाे)

२४-साउन-२०७६ | १०:००:५३ am

काठमाडौं – सञ्चारकर्मी एवं गायक जनक ताम्राकारले ‘लाउँदिन’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् । उनले बुधबार आफ्नै यूट्युब च्यानलबाट उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।

यो गीतमा जनक एक्लैले स्वर दिएका छन् । उक्त गीतमा महेश ताम्राकारले शब्द संगीत भरेका छन् । नेपाली सांगीतीक बजारमा भिन्नै खालको स्वाद दिँदै आएका ताम्राकार बन्धुले यस गीतमा पनि डोटेली र नेपाली शब्द संगीतको समीश्रण गरेको पाइन्छ।

यो गीत झट्टै सुन्दा क्लासिक फिल र फरक रिदम पक्रेको देखिन्छ। यस गीतलाई शैलेन्द्र एम प्रधानले एरेन्ज गरेका छन् भने बिजु कर्माचार्यले मिक्स मास्टर गरेका हुन्। उक्त गीतको म्यूजिक भिडियोमा जनक र मनिता गहतराजको अभिनय रहेको छ। यस गीतको छायाकंन तथा सम्पादन प्रकाश जोन तामाङले गरेका छन् ।

डडेल्धुराको अमरगढी–६ दुमडामा जन्मेका जनक अहिले सञ्चारकर्मसँगै गीत संगीत क्षेत्रमै आफ्नो भविष्य खोजिरहेका छन् । जुनकिरी, ठेगाना भेटियो, काफल खान्या कुइयाँ, लौलौ सररर बोलका गीत बजारमा ल्याइसकेका छन् । विगतमा बजारमा ल्याएका गीतलाई दर्शक, स्रोताले मनपराएकाले यो नयाँ गीतलाई पनि स्रोताले उत्तिकै माया गर्ने अपेक्षा लिएको उनले बताए ।

सम्बन्धित समाचार