बिहिबार, मंसिर २६, २०७६ | Thursday, December 12, 2019

काठमाडौँ
४ जनालाई नागरिकता दिनुपर्छ भन्दा मोदीको कुर्सि हल्लिदैछ तर नेपालमा जो आउँछ घुस ल्याउँछ नागरिकता पाउँछ   * राष्ट्रियसभाको निर्वाचन गर्ने मिति घोषणा   * सात किलो चरेससहित चारजना पक्राउ   * हिमपातले टिपर दुर्घटना गरायो, दुईको मृत्यु   * संघमा खुलेको अधिकृतको विज्ञापन पर्याे विवाद   * राउटेलाई कूल पूजाको चटारो   * तीन दिनसम्म लगातार बदली, वर्षा र हिमपातको सम्भावना : मौसमविभाग   * लामखुट्टे मार्न नसक्ने सरकारसंग देशले के आश गर्ने भनी आवाज उठाउने यि सांसदले पाईन अन्तर्राष्ट्रिय पुरस्कार   * गौरिका सिंहले जम्मा ५९ लाख पाउने   * सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदारको भुक्तानी टुङ्गो लागेन   *
बिहिबार, मंसिर २६, २०७६ Thursday, December 12, 2019
अर्थ वाणिज्य

हुलाक बचत बैंकमा पाँच करोड निक्षेप

२३-साउन-२०७६ | ०१:१८:४१ pm

बारा जिल्ला हुलाक कार्यालय बाराद्वारा सञ्चालित हुलाक बचत बैंकमा आर्थिक वर्ष २०७५/७६ मा कूल रु पाँच करोड ३५ लाख ३८ हजार ३०१ निक्षेप जम्मा भएको छ ।

यस वर्ष मात्र एक हजार ३२२ ग्राहकले रु चार करोड ६७ लाख पाँच हजार ३०२ निक्षेप जम्मा गरेकामा सोको ब्याज रु चार लाख तीन हजार (५) र गत वर्षको निक्षेप रु ६४ लाख २९ हजार ५७ समेत गरी कूल पाँच करोड ३५ लाख ३८ लाख ३०१ मध्ये निक्षेपकर्ताले रु चार करोड ८६ लाख ३० हजार ५६३ झिकेको र बाँकी ४९ लाख सात हजार ७४७ हुलाक कार्यालयको कूल सम्पत्ति रहेको कार्यालय प्रमुख सुरेन्द्र यादवले जानकारी दिए।

आर्थिक वर्ष २०७५/७६ मा हुलाक बचत बैंकले ४३ ग्राहकलाई रु ७० लाख २८ हजार ३०३ ऋण लगानी गरेको र २०७६ असार मसान्तसम्म आठ लाख २९ हजार ४४७ मौज्दात रहेकामा रु ३० लाख ५० हजार ३६८ हुलाकको केन्द्रीय चल्ती खातामा जम्मा रहेको प्रमुख यादवले भने ।

सम्बन्धित समाचार