सोमबार, भाद्र ०२, २०७६ | Monday, August 19, 2019

काठमाडौँ
सोमबार, भाद्र ०२, २०७६ Monday, August 19, 2019
मनोरञ्जन

‘मारुनीकाे’ ट्रेलर रिलिज, साम्राज्ञीले भनिन: ‘म कन्फिडेन्ट थिइनँ’ (हेर्नुहाेस भिडियो)

२१-साउन-२०७६ | ०९:०५:२४ am

नवल नेपाल निर्देशित छैटौं फिल्म ‘मारुनी’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मको ट्रेलर हिजो एक कार्यक्रमका विच सार्वजनिक गरिएको हो । फिल्मको ट्रेलरमा अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र अभिनेता पुष्प खड्काको एकोहोरो प्रेम र पुष्प अर्की अभिनेत्री रेविका गुरुङको प्रेममा रहेको देखाईएको छ ।

ट्रेलरमार्फत् फिल्मको मूल द्वन्द्वलाई प्रस्ट्याउन खोजिएको यस फिल्म ‘मारुनी’ ले दर्शकलाई हलसम्म डोर्याउन सक्ला नसक्ला त्यो भाद्र १३ गते फिल्म प्रदर्शनमा आएपछि मात्र थाहा हुनेछ । साम्राज्ञी र पुष्पलाई फिल्मको ट्रेलरमा पावरफुल भूमिकामा रहेको देखाउन खोजिएको छ । अर्की अभिनेत्री रेविकालाई ट्रेलरमा राम्रो स्क्रिन स्पेश दिएको भएतापनि संवाद भने राखिएको छैन । फिल्मलाई पुनम गौतमले निर्माण गरेकी हुन् भने सहनिर्मातामा राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री रहेकाछन् । फिल्मको कथाभने गोविन्द फुँँयाल र निर्देशक नेपालले लेखेका हुन् ।

ट्रेलर रिलिज कार्यक्रममा अभिनेत्री साम्राज्ञीले फिल्म गर्नु अगाडि आफू धेरै डराएको बताएकी थिइन । उनले ‘स्क्रिप्ट सुनेपछि फिल्म छाड्नु हुँदैन भन्ने लागेको थियो तर, त्यो क्यारेक्टरलाई न्याय गर्न सक्छु भन्नेमा म कन्फिडेन्ट थिइनँ ’ भनेकी छिन साम्राज्ञीले फिल्ममा आफूले निकै चुनौतीपूर्ण भूमिका निर्वाहा गरेको बताएकीछिन् । फिल्मलाई संजय लामाले खिचेका हुन् भने फिल्ममा शुशील क्षेत्री, अर्जुन श्रेष्ठ, विनोद भट्टराई, शंखर सेढाइलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

[vicomi_feelbacks]

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार