सत्ता गठबन्धनका दलहरुबीच सरकार विस्तारबारे छलफल

काठमाडौँ । सत्ता गठबन्धनका दलहरुबीच सरकार विस्तारबारे छलफल भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दलहरुबीच मन्त्रिपरिषद विस्तारमा प्रारम्भिक छलफल मात्रै भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए । 

"समसामयिक विषयमा छलफल भएको छ । सरकार विस्तारबारे छलफल भएको छ । कुन पार्टीले कति मन्त्रालय पाउने भन्नेबारे छलफल हुन बाँकी छ । चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् विस्तार गर्नेबारे सबै दल सहमत छौँ," उनले भने  ।