सोमबार, भाद्र ०२, २०७६ | Monday, August 19, 2019

काठमाडौँ
सोमबार, भाद्र ०२, २०७६ Monday, August 19, 2019
एडिटर च्वाइस

प्रधानसेनपति पुर्णचन्द्र थापाको अनुकरणीय काम

१७-साउन-२०७६ | ०२:०१:०२ pm

विश्वमा दासप्रथा अन्तको शुरुवात अब्राहम लिंकनले १८ औ शताव्दीमा गरेकाहुन् । नेपालको सन्दर्भमा चन्द्र शमसेरले दासप्रथाको अन्त सन् १९८१ मा गरेका हुन् । यसको सारभुत अर्थ अव नेपालमा कसैले पनि मानिसलाइ दासकोका रुपमा घरेलु काममा राख्न पाउँदैन । तर नेपालमा १५ हजारबढी सिपाही, शसस्त्र प्रहरी र प्रहरीहरु व्यक्तिगत सुरक्षामा खटिएकाछन् त्यसमध्ये १००० बढी त घरेलु कामदारको रुपमा रहेका छन् । घरेलु कामदार र सुरक्षा टुकडी फरक हो । सुरक्षा राख्नु आवश्यकता हो भने घरमा काम गर्ने राख्नु सामन्तवादको अबशेष हो ।

भिआइपि सुरक्षा चुनौतिको कारण व्यक्तिगत सुरक्षामा सुरक्षा कर्मी प्रयोग हुन्छन् यसमा कसैले प्रश्न उठाउन ठाउँ रहदैन तर नेपाली जनताले तिरेको करबाट तलब खाने देशको सीमा सुरक्षा गर्न नियुक्त गरिएको सिपाही, प्रहरीलाई कसैको घरको काममा खटाइन्छ भने त्यो राज्यश्रोतको दुरुपयोग त हो नै त्यो भन्दा पनि दासपर्थाको पुर्नउदय तथा भ्रष्टाचारको वैधानिक उपाय हो ।

अब्राहम मास्लोले आवश्यकता श्रृंखला सिद्धान्त अन्तर्गत अहम आवश्यकतालाई चौथो नंवरको आवश्यकता अन्तर्गत राखेका छन् यसको अर्थ के हो भने सरकारको संरचना भित्र विशेष गरी सेनामा अफिसर भन्दा माथि लागेपछि र सामाजिक आवश्यकता पुरा भएपछि यो अहम आवश्यकता शुरु हुन्छ । यो चरणका अफिसरहरुलाई बढी चाहिन्छ फुर्तिफार्ति र उनीहरुले घर घरमा दास राखेका हुन्छन । कतिपयले आफ्नो तलबबाट कामगर्ने मानिस राख्दछन् उनीहरुलाई पढाई दिन्छन् पनि यो यौटा मानवीय सहयोगको भाव हुन सक्छ तर जब सैनिक अफिसर, प्रहरी अफिसरले आफ्नो घरमा काम गर्न सरकारी तलब खाने कर्मचारीलाई काममा लगाउँदछन् भने त्यो गणतन्त्रमा सह्य विषय होइन यो । दास प्रथाको पुर्नउदय हो ।

अति उच्च ठाउँमा पुगेका पदाधिकारीले यस्तो नगर्न सक्दछन् । नेपालका बर्तमान प्रधान सेनापति पुर्णचन्द्र थापाले यसरी सिपाहीहरुलाई घरेलु काममा लगाए लगाएका छैनन् । तर त्यो भन्दा तल्लो तहका अफिसरले बढी फुर्ति गरेर ३ । ४ जना सम्म सिपाहीलाई घरेलु कामदारमा लगाएका हुन्छन् । गेटमा सैनिक, सरसफाईमा सैनिक भान्सामा सैनिक सम्पुर्ण तलब राज्यकोषबाट लगानी यो देशका लागि राम्रो बिषय होइन । अधिकारीहरलाई सुविधा दिनु पर्दछ तर जनता कर खाएर कसैलाई कसैको घरमा दास बनाएर राख्न पाइदैन । घरमा पोचा लगाउने देखि हाकिमका श्रीमति र छोराछोरीको भित्रीवस्त्र धुनेकाममा राज्यले लगानी गर्न मिल्दैन , हुँदैन, सक्दैन ।

विद्यालयमा सरकारले विद्यार्थी अनुसार दरवन्दी दिन सकेको छैन, रोगीलाई उपचार गर्न चिकित्सक तोक्न सकेको छैन । तर राज्यकोषबाट तलब खाने सिपाही लगेर घरमा काम गराउने क्षमता राज्यसंग छैन । यदि सुरक्षा निकाय सेना प्रहरीमा ओभरस्टाफिङ छ भने त्यो दरबन्दी कटौती गरौं अन्यथा सरकारको तलब,भत्ता,उपादान आदि साथै पेन्सन खाने व्यक्तिलाई घरघरको कुकर्ममा नलाऔं ।

यो सामान्य विषय होइन राज्यकोकोषमा मनपरीगरिनु राम्रो होइन । १००० बढी सुरक्षाकर्मिलाई राज्यले महिना २ करोड बढी खर्च गरेको हुन्छ । तिनीहरुलाई लगेर मनपरी घरेलुकाममा लगाउने प्रवृति रोकिनु् पर्छ । एउटा जमाना थियो अंचलाधीश आउँदा पुरै अन्चल थर्कन्थ्यो । निरिक्षण गर्न छारीदारहरु गाउँमा जादा पुरै गाउँले सतर्क हुन्थे । त्यो सवै परिवर्तन भएर नयाँ मानव मुल्यको विकास भएको छ ।

यस बिषयमा पटक पटक कुरा उठेकोले गएको बर्ष लगभग ७५० लाई विभिन्न सुरक्षानिकायले घरेलु कर्मस्थलबाट फिर्ता बोलाएको अवस्था छ । यस सम्वन्धमा सडकमा आवाज उठेपछि सरकारले प्रहरीबाट २५० र शसस्त्र प्रहरीबाट ६८० लाई फिर्ता बोलाइएको छ । सेनामा पनि केही सुधार पक्कै भएको होला । मुख्य प्रश्न के भने सरकारी तलब ख्वाएर व्यक्तिगत काम गराउन पाइदैन । गणतन्त्रको मुख्य माग नै यहि हो । राजा हटाउन पर्नु ो कारण पनि यस्तो नहोस भन्ने आशय हो ।

“वडे मिया तो बडे मिया छोटे मिया सुहान अल्ला” भने झै, वहालवाला त वहालवाला नै भए पुर्वपदाधिकारीले पनि ४ देखि ७ जनासम्म कर्मचारी राख्ने चलन छ । यो भनेको राज्य श्रोतको चरम दुरपयोग हो । सेना प्रहरीले आफ्नो घरमा सुरक्षाकर्मी लाई राख्न पाउनुलाई छिमेकी तथा कुटुम्वको वीचमा प्रतिष्ठाको रुपमा पनि बुझेका पनि होलान् तर यो राज्यश्रोत दोहनको पराकाष्ठा हो रोकिनु पर्छ । राज्यले तलब ख्वाएर व्यक्तिको घरको काम गराउन मिल्दैन ।

प्रहरी र शसस्त्रको केही तथ्यांक भेटिएपनि सेनामा कति भान्सेसुरक्षा कर्मी छन् भन्ने अभिलेख छैन । सेनाको कार्यविधिमा नै सेनानीभन्दा माथीकोपदका लागि एउटा सुरक्षागार्ड उपलब्ध गराउने भन्ने उल्लेख छ । पुर्व प्रधान सेनपतिलाई १० जना सुरक्षा गार्ड दिइन्छ । अहिले सेनामा यो कार्यविधि फेर्ने तयारी भएको छ । अहिलेको प्रधान सेनापति पुर्णचन्द्र थापाले मापदण्ड विपरित बाहिर पठाइएका सुरक्षकर्मीलाई फिर्ता गर्ने निर्देशन दिएकाछन् । अहिले प्रधानसेनापतिको मुल आशय शंवेदनशील सुरक्षा अवस्थामा बाहेक अन्य सैनिक कर्मचारीलाई साउन भित्र नै आदेश दिने र आफ्नो घरमा कसैलाई नराख्ने निर्देशनलाई ज्यादै सह्रानीय मानिएको छ । प्रहरीमा एउटै घरमा भात पकाउने र भाडा माझेर पेन्सन पकाउने कर्मचारी छन् । त्यो ज्यादै नै पिडादायी अवस्था हो । यसमा अव सचेत हुनु पर्दछ । अहिले बन्दै गरेको सुरक्षा तथा बडीगार्ड परिचालन कार्यबिधिलाई गणतान्त्रिक रुपमा परिमार्जन गर्न जरुरी छ ।

देशको सीमाना रक्षा, आन्तरिक सुरक्षा आदि बिषयमा सुरक्षा निकायको चेन अफ कमाण्डलाई बाहिरबाट बोलेर हुँदैन तर कसैको घरमा काम गर्ने व्यक्तिले राज्यको तलब खान्छ भने प्रश्न उठाउन मिल्छ । त्यसैले यो विषयमा प्रधानसेनपतिको नक्सा कदममा सवै आउनुको बिकल्प छैन । स्मरण रहोस नेपाली सेनाका प्रधानसेनपतिकोमा सुरक्षार्थ सैनिक खटाइएको भएपनि उहाँको घरमा सिपाही घरेलु कामदारको रुपमा खटाइएका छैनन् । अव अरुले पनि यस्तै अनुकरणीय काम गर्ने की ।

रामप्रसाद गाैतम

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार