बिहिबार, मंसिर २६, २०७६ | Thursday, December 12, 2019

काठमाडौँ
पौडेल पक्षले बहिस्कार गर्‍यो केन्द्रीय समिति बैठक   * बंगलादेशी विदेशमन्त्रीकाे भारत भ्रमण रद्द   * मनाङको माथिल्लो भेगमा भारी हिमपात   * ४ जनालाई नागरिकता दिनुपर्छ भन्दा मोदीको कुर्सि हल्लिदैछ तर नेपालमा जो आउँछ घुस ल्याउँछ नागरिकता पाउँछ   * राष्ट्रियसभाको निर्वाचन गर्ने मिति घोषणा   * सात किलो चरेससहित चारजना पक्राउ   * हिमपातले टिपर दुर्घटना गरायो, दुईको मृत्यु   * संघमा खुलेको अधिकृतको विज्ञापन पर्याे विवाद   * राउटेलाई कूल पूजाको चटारो   * तीन दिनसम्म लगातार बदली, वर्षा र हिमपातको सम्भावना : मौसमविभाग   *
बिहिबार, मंसिर २६, २०७६ Thursday, December 12, 2019
प्रदेश नं ३

शिवहरी पौडेल फिल्म निर्देशक बन्ने , ‘लक्का जवान’ को घोषणा

१६-साउन-२०७६ | १२:२१:३५ pm

यसै बर्षको चैत ७ गते ‘लक्का जवान’ सार्वजनिक प्रदर्शन हुने

काठमाडौँ , श्रावण १६ ।
हास्यकलाको रुपमा दर्शकहरुमाझ लोकप्रियता पाईसकेका कलाकार शिवहरी पौडेल पहिलो पटक ठूला पर्दाका निर्देशक हुने भएका छन । हास्यकलाकार पौडेलले ‘लक्का जवान’ नामक कथानक चलचित्र निर्देशन गर्न अनुबन्ध गरेका छन् ।निर्माता तथा कलाकार किरण केसीको जन्मदिनमा यो चलचित्रको लगानी सार्वजनिक गरिएको हो ।
यसअघि सानो पर्दामा देखाइने हास्य टेलिसिरियल निर्देशन गरेका पौडेलले ‘ लक्का जवान ‘ फिल्मको बुधबार राजधानीमा एक भव्य
कार्यक्रमका बीच औपचारिक निर्माण मुहुर्त गरि निर्देशक बन्ने घोषणा गरेका छन् । भदौपछि चलचित्र छायांकन शुभारम्भ हुने फिल्मको प्रस्तुतकर्तामा ध्रुव पन्तको भनाई रहेको छ ।

किरण केसी, दीलिप रायमाझी र शिवहरी पौडेल संयुक्त कार्यकारी निर्माता रहेका यस फिल्ममा अनसुया श्रेष्ठ वन्त निर्मात्रीमा रहेकी छिन् । फिल्मको सह निर्मातामा राजाराम पौडेल, दीपेन्द्र खनिया, सुरेन्द्र केसी, सुशील अर्याल, डेजी अर्याल र राज केसी रहेका छन् । कथा निर्देशक पौडेल स्वयले तयार पारेका हुन् ।

फिल्मको प्रमुख भूमिकामा निर्देशक पौडेल स्वयंको रहने बताइएको छ उनीसँगै किरण केसी, दीलिप रायमाझी, प्रियंका कार्की, वर्षा सिवाकोटी, सलोन बस्नेत, राजाराम पौडेल, सुरेन्द्र केसी, सरोज खनाल लगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहनेछ । फिल्ममा सानो पर्दाका क्षेत्रमा सुपरिचित कलाकारहरुको ठूलो भीड रहनेछ। फिल्मका गीतमा बाबुल गिरीले संगीत भर्नेछन् । कविराज गहतराज नृत्य निर्देशक रहने यो फिल्मलाई पुरुषोत्तम प्रधानले छायाँकन गर्न लागेका यस फिल्ममा मित्र डि. गुरुङलाई सम्पादनको जिम्मेवारी सुम्पिएको छ । हास्य चलचित्र ‘तँ त साह्रै बिग्रिस नी बद्री’, ‘शत्रु गते’ र ‘दाल भात तरकारी’ जस्ता तीन वटा फिल्मको निर्माण गरिसकेका निर्माता तथा कलाकार किरण केसीले शिवहरीको क्षमतालाई देखेर फिल्म निर्देशन गर्ने जिम्मेवारी दिइएको जानकारी दिए। हामीले विशुद्ध पारिवारिक र कमेडी कथामा निर्माण हुने यस चलचित्र यसै बर्षको चैत ७ गते सार्वजनिक प्रदर्शन हुने लक्ष्य राखिएको छ । मित्र शिवहरीले राम्रो निर्देशन गरि फिल्म सफल बन्ने कलाकार किरण केसीको विश्वास छ ।

सफल निर्देशकको रुपमा आफूलाई स्थापित गर्ने प्रयासमा रहेका शिवहरीले ‘लक्का जवान’ का लागि बरिष्ठ हास्यकलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह )लाई मुख्य भूमिकामा अफर गरेको समेत स्पष्ट पारे । तर, मह सञ्चारभन्दा बाहिरी ब्यानरको फिल्म नगर्ने निर्णयका कारण सम्भव नभएको उनको भनाई छ ।

सम्बन्धित समाचार