शुक्रबार, मंसिर २७, २०७६ | Friday, December 13, 2019

काठमाडौँ
भारि हिमपात पर्नसक्ने, आगामी २४ घण्टाका लागि चेतावनी   * मोबाइल पसलमा चोरी   * समस्याको जंजालमा छोरीले गरेको किरीया र बाबुले दिएको दाईजोको संयोग   * माइक्रो र बस एकापसमा ठोक्किए,१४ जना घाइते   * विप्लव माओबादी समूहका जिल्ला इन्चार्जसहित दुई पक्राउ   * ठूलो दुर्घटनाबाट जोगियो बिरगंज, जोखिम अझैं यथावत   * एपीएफ टोलीद्वारा अवैध चोरीपैठारीको सामान बरामद   * तस्बिरले देखाइ रहेकोछ प्रधानमन्त्रीको अवस्था   * एउटा सभामुखमा नेकपाका तीन धार खेर जानसक्छन् दौरा सुरुवाल   * जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैन: गृहमन्त्री   *
शुक्रबार, मंसिर २७, २०७६ Friday, December 13, 2019
खेलकुद

दुवै खुट्टाआकाश तर्फ फर्काएर १ एक मिनेटमा ६० पटक ‘पुसअप’ गरेर ऋषिले गिनिज  वर्ल्डमा नाम दर्ता गर्ने 

१६-साउन-२०७६ | ०८:१२:१८ am

दाङ । यस अघि मात्र दुबै हात टेकेर ३ किलोमिटर सम्म हिडेर सवैलाई छक्क पार्दै विश्व किर्तिमान राख्न भिडियो सहित गिनिजबुक अफ वल्र्ड रेकर्डको कार्यालयमा पठाइसकेका दाङका ऋषि परियार अहिले फेरि दुवै खुट्टा माथि आकाशतर्फ फर्काएर गरिने ‘पुसअप’ अभ्यासमा विश्व कीर्तिमान कायम गर्ने दौडमा लागेका छन् । गिनिजबुक अफ वल्र्ड रेकर्डमा हालसम्म खुट्टालाई आकाशतर्फ पारेर एक मिनेटमा ५१ पटक सम्म मात्रै पुसअप गरेको रेकर्ड दर्ता भएको छ । युरोपियन मुलुक बेलारूसका सिर्हेई कुडायौले सन् २०१८ मे ३ मा त्यस अवस्थामा ५१ पटक सम्म पुसअप गरेर गिनिजबुकमा विश्व रेकर्ड कायम गरेका थिए । जुन रिकर्डलाई अहिलेसम्म कसैले तोडन सकेको छैन ।

अब दाङ तुलसीपुर उपमहानगरपाकिा–३ का ऋषि परियार कुडायौको त्यो रेकर्ड तोड्ने प्रयासमा छन् । विश्व रेकर्डका लागि उनले गत सोमबार तुलसीपुरको सार्वजनिक स्थलमा भिडियो रेकर्ड गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा  एक मिनेटमा ऋषिले ६० पटक सम्म पुसअप अभ्यास गरेको भिडियो तयार पारी सार्बजनिक गरेका छन् ।

भिडियोमा प्रत्यक्षदर्शी समेतको साक्षी प्रमाण संलग्न राखी उक्त भिडियोलाई गिनिजबुक अफ वल्र्ड रेकर्डको हेड अफिस , बेलायतको लण्ढनमा इमेल पठाउने कुरा ऋषिले बताए । उक्त भिडियोसहित करीब रु एक लाख पठाउउन सके त्यसको रिजल्ट १०र१५ दिनमा नै आइैपुग्ने अन्यथा ५ देखि ७ महिना लाग्ने उनको भनाई रहेको छ ।उनी तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकूद शाखाको विशेष सहयोगमा यस पटक गिनिजबुक मा नाम दर्ता गर्ने काममा तल्लीन छन् ।

परियारले गिनिजबुकमा आफनो लेखाएर उक्त खेल क्षेत्रमा नेपालको साथै आफनो ज्रन्म थलो दाङ , तुलसीपुर को नाम पनि सारा विश्वमै चिनाउने सपना रहेको बताए । देशका गौरब र पहिचान राख्ने कार्यमा तुलसीपुर उपमहानगरपालिकाले पनि ऋििष परियारलाई सक्दो सहयोग गर्ने उपमहानगर प्रमुख घनश्याम पाण्डेले बताए । अहिले ऋषिलाई गिनिजबुकमा नाम लेखाउन सघाउ पुगोस भन्दै उपमहानगरपालिकाले रु १ लाख १५ हजारसमेत सहयोग गरिसकेको कुरा पाण्डेले जानकारी गराए ।

तुलसीपुर निवासी परियारले गिनिजबुकमा नाम दर्ता गरि विश्व रिकर्ड राख्न सफल भएमा खेल क्षेत्रमा नेपालका साथ साथमा
यो तुलसीपुरको नाम पनि अन्तर्राष्ट्रियस्तरमा पुग्नेसमेत पाण्डेले बताए । ऋषिलाई गिनिजबुकमा नाम दर्ता गराउन मात्र होइन उनलाई यस्तै अन्य विधामा पनि क्षमता अभिबृद्धि गर्न आवश्यक पर्ने आर्थिक सहयोग जुटाउन उपमहानगरले पहल थाल्न लागेको कुरा तुलसीपुर उपमहानगर युवा तथा खेलकूद संयोजक अमर नेपालीले बताए ।

ऋषिका अन्य असामान्य क्षमताहरु 
ऋषिको गिनिजबुकमा नाम लेखाउने सपना अहिलेको भने होइन । उनले अहिले हातले टेकेर तीन किलोमिटर हिँडेर गिनिजबुकमा नाम लेखाउने दौडमा पनि छन् । उनले चार महीनाअघि हातले टेकेर तीन किलोमिटर दुरी पार गरेको भिडियो गिनिजबुकको कार्यालयमा पठाएका थिए । त्यसको नतिजाको पर्खाइमा छन् ऋषि । विगत चाररपाँच वर्षअघिदेखि गिनिजबुकमा नाम लेखाउने दौडमा हिँड्नुभएका ऋषि आर्थिक अभावमा त्यसमा सफलता नपाएको बताए । तर, उहाँको अठोट भने जसरी पनि गिनिजबुकमा नाम लेखाएर छाड्ने छ । “अर्थाभावले गर्दा मैले गिनिजबुकमा नाम लेखाउन सकेको छैन”, उनले अठोट गर्दै भने “तर एकपटक जसरी पनि गिनिजबुकमा नाम लेखाएरै छाड्छु ।”

सानैदेखि शारीरिक अभ्यासको क्षेत्रमा रुचि राख्ने ऋषि सर्कस , जिम्न्यास्टिक, उफ्रने, दौडने आदि खेल खेल्ने गर्थे । उनले केही वर्षअघि सोचे कि, ‘मानिस खुट्टाले त सजिलै हिँड्छन्, तर हातले हिँडे कस्तो हुन्छ होला ’ अनि विस्तारै हातले हिँड्ने प्रयास गर्न थाले । जुन अभ्यासलाई योगासनको भाषामा बृश्चिक आसन पनि भन्ने गरिन्छ । निरन्तर प्रयास गर्दै जाँदा परियारले शुरुमा विस्तारै हातले उभिन सिके । अनि केही समयको प्रयासपछि विस्तारै–विस्तारै हिँड्न पनि शुरु सक्ने भए । यसरी प्रयास गर्दै जाँदा उकालो, आरालो सिढी समेत उनी चढन सक्ने भएका ऋषि परियारले मेहनत गर्दै जाँदा अहिले दुई हातले मात्र टेकेर तलमाथि पुस अप समेत गर्न सफल भए । हामी आशा गरौ यो विश्व किर्तीमान राख्ने अभियानमा सफल भएर भविष्यमा यस्तै अन्य धेरै शारिरीक अ्रभ्यासको खेलमा पनि विश्वमा किर्तीमान राखेर देशको नाम उज्ज्वल राख्न उनी सफल हुनेछन ।

सम्बन्धित समाचार