सोमबार, भाद्र ०२, २०७६ | Monday, August 19, 2019

काठमाडौँ
सोमबार, भाद्र ०२, २०७६ Monday, August 19, 2019
मनोरञ्जन

तीजकाे गीत ‘चुरा’ सार्वजनिक (हेर्नुहाेस भिडियाे)

११-साउन-२०७६ | ०७:४४:३० am

सञ्चारकर्मी गणेश पाण्डेको तीज गीत ‘चुरा’ सार्वजनिक भएको छ । हिन्दू महिलाको हरितालिका तीजलाई लक्ष्य गरी पाण्डेले ‘चुरा’ सार्वजनिक भएको छ ।

गायिका सुनिता अधिकारीको स्वर रहेको उक्त गीत युटुबमार्फत सार्वजनिक गरिएको हो । समसामयिक विषयवस्तुलाई उक्त तीज गीतमा समावेश गरिएको छ । शिव हमालको लयमा अधिकारीले सो गीतमा अभिनय गरेका छन । गीतको छायाङ्कन राजेश घिमिरेले गरेका छन भने सम्पादन विष्णु शर्माले गरेका हुन । प्रकाश भट्टले निर्देशन गरेको गीत साइन मिडिया प्रालिले बजारमा ल्याएको हो ।

दोर्दी गाउँपालिका धुसेनीकी अधिकारीले स्कूले जीवनदेखि नै गीत गाउन थालेका हुन । विसं २०६४ मा एसएलसी उत्तिर्ण गरेपछि उनी काठमाडौँ आएका हुन । यसबीचमा अधिकारीले पानको मिसी हुकुमको चौकाले’ मेरो लमजुङ घर’ चौबन्दीको तुना’ झलमल झलमल’लगायत गीतमा स्वर दिइसकेका छन ।

[vicomi_feelbacks]

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार