लेस्टरलाई हराउँदा आर्सनलको पाँच अंकको अग्रता

प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले अर्सनलमाथि जित निकालेको  छ । शनिबार राति भएको खेलमा अर्सनलले लेस्टरलाई १–० गोल अन्तरले हराएको हो ।  लेस्टरको घरेलु मैदानमा आसएनललाई जित दिलाउन ग्राबियल मार्टिनेलीले निर्णायक गोल गरे । 

पहिलो हाफ गोलरहित बराबरी खेलको आर्सनलका लागि खेलको ४६औं मिनेटमा मार्टिनेलीले गोल गर्दै टिमलाई १–० गोलको जित दिलाए ।  जितसँगै आर्सनलले २४ खेलबाट ५७ अंक जोडेको छ । आर्सनल तालिकाको शीर्ष स्थानमा कायम नै छ । 

दोस्रो स्थानको सिटीको २४ खेलबाट ५२ अंक छ ।  पराजित लेस्टर २४ अंक जोडेर तालिकाको १४ औं स्थानमा छ ।  प्रिमियर लिग अन्तर्गत आजनै भएको अर्को खेलमा वेस्टहमले नथिनहम फरेस्टलाई ४–० गोलले हराएको छ । त्यस्तै एस्टन भिल्लाले एभर्टनमाथि २–० गोलको जित निकाल्दा लिड्स युनाइटेडले साउथह्याप्टनमाथि १–० गोलको जित निकालेको छ ।