बालकोटमा बहुमत !मिल्यो ओली– प्रचण्डको हात

नेपाल कम्युनिष्ट पार्टी नेकपामा नेतृत्व विवादपछि छुट्टिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालकोटमा सौहार्दपूर्ण भेट भएको छ ।

पाँच दलीय सत्ता गठबन्धन टुटेपछि आजै वामपन्थी सहितको सरकार नेतृत्वको दाबी गर्ने तयारी भएको छ । कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै नछाड्ने अडान लिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन छाडेर बालकोट पुगेका हुन।पाँच दलीय गठबन्धनको माओवादी केन्द्रले सत्ता गठबन्धन छोडेपछि नयाँ गठबन्धनको कसरत भएको छ ।सत्ता गठबन्धन तोडिएको निष्कर्ष निस्किएसँगै एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताबीच छलफल भएको हो।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने ओलीसँग छुट्टै छलफल गरेर बालकोटबाट निस्किसकेका छन्।

सरकार गठन गर्न २७५ सांसद रहेको प्रतिनिधिसभामा १३८ चाहिन्छ। गठबन्धन टुटेपछि एमाले ७८, माओवादी ३२, रास्वपा २०, राप्रपा १४ र जसपा १२ गरेर १५६ सांसद पुग्छन् । त्यसो हुँदा सहज रुपमा सरकार गठन गर्न सुविधाजनक बहुमत पुग्ने देखिएको छ ।तर, प्रचण्डलाई नेतृत्व स्वीकार गर्न राप्रपाले नमान्ने अवस्था छ । ओलीको आग्रहमा राप्रपा अध्यक्ष लिङदेन गठबन्धनमा आउन सक्ने आकलन छ ।स्रोतका अनुसार आज ५ बजेभित्र एमाले, माओवादी र केही अन्य साना दलसहितको सरकारको नेतृत्वको लागि दाबी गर्ने तयारी गरेको छ ।

ओली निवास पुगेका दाहालले बालकोट पुगेर ओलीसँग हात मिलाएका छन ।