वर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबरहरु

वर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबरहरु

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन माघ २८ गतेभित्र गर्ने तयारी

काठमाडौं । आम निर्वाचनपछि नयाँ मन्त्रिमण्डल समेत गठन भईसकेको अवस्थामा निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू गरेको छ । वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ मा सकिने भएकाले आयोगले माघ २८ गतेभित्र निर्वाचन गराउने तयारी गरेको हो ।

https://barnanmedia.com/detail/1672179404-u-o8-22-12-28

नापीका विवादास्पद महानिर्देशक प्रकाश जोशी मन्त्रालय तानिए

सरकारले नापी विभागका विवादास्पद महानिर्देशक प्रकोश जोशीलाई ‘कारबाहीस्वरुप’ मन्त्रालयमा तानेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उनलाई मन्त्रालयमा तान्दै जनकराज जोशीलाई पठाएको हो ।साढे तीन वर्षदेखि नापीको महानिर्देशकमा रजगज गरिरहेका जोशी पछिल्लो समय निकै विवादमा तानिएका थिए ।नापीको कम्प्युटर प्रणालीलाई जग्गा कारोबारीको हातमा सुम्पेर पुरानो मिति राखी रातारात ४ सय कित्ता जग्गालाई हजारौँ कित्ता बनाइदिएको आरोप उनीमाथि छ । यो विषयमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

https://barnanmedia.com/detail/1672180220-l-e-pz-22-12-28

गृहमा रविः सलामी र गुलामीमा रमाउने कि कठोर पाइला चाल्ने ?

काठमाडौँ । रवि लामिछानेले नयाँ पार्टी गठन गरेर आफै सभापति भए । पार्टीबाट पहिलो सत्ता यात्रा तय गर्दा आफै पहिलो मन्त्री बनेर गए । दौरा सुरुवाल लगाएर उपप्रधानमन्त्री पदको सपथ लिए । अनि पदबहालीलगत्तै निर्मला पन्तका हत्यारा पत्ता लगाउने वाचा गरे । भोलिपल्ट उनले कार्यविधिविपरीत पहुँचवालाका घरमा खटाइएका प्रहरी कर्मचारीलाई फर्काउने निर्णय गरे ।

https://barnanmedia.com/detail/1672180087-l-l-u-il-l-pi-22-12-28

बागलुङ केन्द्रबिन्दु भएर बुधबार राति तीन वटा भूकम्प

काठमाडौं – बागलुङ केन्द्रबिन्दु भएर बुधबार राति तीन वटा भूकम्प गएका छन् ।बुधबार बिहानका राति १ बजेर २३ मिनेटमा बागलुङको अधिकारी चउर केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

पुस १५ गतेबाट दर्ता नभएका मोबाइल नचल्ने

नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेबाट ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) पूर्णरुपमा कार्यान्वयनमा ल्याउने भएको छ ।

एमडीएमएस कार्यान्वयनमा आएसँगै अवैध तरिकाले नेपाल भित्र्याइएका, कर नतिरेका र व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेट नेपालमा चल्ने छैनन् । यस्ता मोबाइल सेटको कर आउँदो शुक्रबारभित्रसम्ममा बुझाउन र आइएमइआर नम्बर लिन दूरसञ्चार प्राधिकरणले सूचना जारी गरेको छ ।

जग्गा वर्गीकरण : अलमलमै स्थानीय सरकार

गत जेठमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सबै स्थानीय तहलाई २३ मंसिर भित्र जग्गाको वर्गीकरण गरिसक्न निर्देशन दिए पनि समयमै कृषि र गैरकृषि जमिन छुटयाउन सकेका छैनन ।

मन्त्रालयले दिएको समयसीमा सकिएको महिना दिन पुग्न लाग्दा समेत कञ्चनपुरका नौ वटा स्थानीय तहहरुले हालसम्म जग्गा वर्गीकरण गर्न सकेका छैनन । 

https://barnanmedia.com/detail/1672189382-all-g0-22-12-28

सकुम्बासीका पीडा : पहिले बस भने, अहिले हट भन्छन्

दाङ शान्तिनगर गाउँपालिका–३ भलानेटीका पूर्णबहादुर परियारलाई विसं २०६० मा गाउँको भेलाबाट वनको जग्गामा बस्न दिने सहमति गरे ।

परियारको नाममा कुनै जग्गा नभएपछि गाउँको भेलाले स्थानीय सिर्जना सामुदायिक वनमा बस्न दिने सहमतिपछि उहाँ त्यहाँ घर बनाएर बस्नुभयो । अहिलेसम्म पनि उहाँको नाममा जग्गा छैन । जग्गा भनेको त्यही गाउँको भेलाले दिएको वन समुदायको जग्गा हो ।

https://barnanmedia.com/detail/1672190551-b-l-b-al-ws-22-12-28

रेबिज लागेर एक जनाको मृत्यु

 गुल्मीमा रेबिज लागेर एक जनाको मृत्यु भएको छ । गुल्मीदरबार गाउँपालिका-६ की ४० वर्षीय रजुन शाहको रेबिजका कारण मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख नारायण अर्यालले जानकारी दिए ।

शाहलाई गत मंसिर ११ गते एक्कासी पछाडिबाट आएर कुकुरले हातमा टोकेको थियो । 

किसानलाई धान बिक्री गर्न असहज

ढिलो गरी सरकारले खरिद गर्न थाले पनि पर्सा र बाराका किसानले सहजरूपमा धान बिक्री गर्न पाएका छैनन् । सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा पर्सामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहकारीमार्फत र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिधैँ किसानको धान खरिद गर्न सुरु गरेपनि किसानले गोदामसम्म पु¥याउन अनेकन कष्ट व्यहोर्नुपरेको छ ।

https://barnanmedia.com/detail/1672193322-lii-b-a-0a-22-12-28

बाख्रापालनबाट जीविकोपार्जन गर्दै पाल्पाका किसान

‘बाख्रा पाल्छु राम्रै छ बजार, दुईवटा बोका बेच्यो कि तीस हजार चिन्ता छैन केही...।’ गायक पशुपति शर्माको यो गीत नारायण भण्डारीको जीवनमा पनि मेल खान पुगेको छ । एउटै खसी ३२ किलोसम्म उत्पादन गरी बजारमा बिक्री गरेपछि उहाँको खुसीको सीमा छैन ।

https://barnanmedia.com/u-admin/posts/create

सङ्कटमा प्रकृतिका कुचीकार–गिद्ध : पर्यावरणका लागि खतरा

चौपायाको सिनो फाल्ने ठाउँमा झुण्डका झुण्ड देखिने गिद्ध अहिले हराएका छन् । दश–पन्ध्र वर्ष पहिलेसम्म अग्ला सिमलका रुख तथा गाउँघर नजिकै मृत चौपायाको सिनो फाल्ने ठाउँतिर प्रकृतिका कुचीकार उपनामले परिचित गिद्धको बास हुन्थ्यो ।

आकाशमा खालि आखाँले ग्रहहरू देख्न सकिन्छ

खाली आँखाले आकाशमा ग्रहहरुको परेड हेर्न चाहनुहुन्छ भने यो पुस महिनामा उपयुक्त मौका छ ।

बेलुकाको समयमा शौर्यमण्डलका सम्पूर्ण ग्रहहरुमध्ये अधिकांशलाई आकाशमा खाली आँखाले स्पष्ट देख्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले जनाएको छ ।

वैदेशिक रोजगारमा कुटनैतिक मर्यादा विपरिति राजनीतिक हस्तक्षेप

निल कमल ह्युमन रिसोर्स र यूथ म्यानपावरका सञ्चालक मेघराज भुर्तेलले वैदेशिक रोजगार ऐन विपरित नेपाली महिला कामदारलाई क्लिनरको रुपमा मागपत्र बनाई हाउसमेड घरको काममा कुवेत पठाउने गरेका छन ।

यसरी वैदेशिक रोजगार ऐन विपरित कुवेतमा नेपालमी महिला कामदार पठाउँदा भुर्तेलको निलकमल ह्युमन रिसोर्स र यूथ म्यानपावरले दुई लाख भन्दा बढी रकम असुल्ने गरेको छ ।

https://barnanmedia.com/detail/1672199125-u4r3-jx-22-12-28

मध्यमोदी परीक्षण उत्पादन सफल

पर्वतमा निर्माण भएको मध्यमोदी जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । निजी क्षेत्रको मिडिल मोदी हाइड्रोपावर लिमिटेडले निर्माण गरेको १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाले आठ वर्षपछि परीक्षण उत्पादन गरेको हो ।

काभ्रेलाञ्चोकमा रेबिज सङ्क्रमण नियन्त्रणमा

काभ्रेलाञ्चोकमा पछिल्ला केही महिनादेखि पशुचौपायामा देखिएको रेबिज रोगको सङ्क्रमण नियन्त्रणमा आएको छ । जिल्ला स्वास्थ्य कार्यालय र भेटेरेनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रले हप्तौँदेखिको निगरानी तथा रेबिजविरुद्धको खोप लगाएपछि नियन्त्रणमा आएको हो ।

चलचित्रमा पुनरागमन गर्दै नायिका थापा

भारतको मथुरामा घरजम गरेर उतै व्यस्त रहेकी अभिनेत्री विपना थापाले नेपाली चलचित्रमा पुनरागमन गर्ने भएकी छिन् । अभिनेत्री नीता ढुङ्गानाले निर्माण गर्ने चलचित्र ‘ह्स्व दीर्घ’मा उनले अभिनय गर्ने तय भएको छ ।

गोकर्ण देशे गाउँका विभिन्न स्थानमा घुमाइयो नवदुर्गा नाच

मल्लकालदेखि भक्तपुरबाट नवदुर्गाका गण आएर गोकर्णेश्वर क्षेत्रमा देखाइने गरेको नवदुर्गा नाच ३३ वर्षपछि गोकर्ण देशे गाउँका विभिन्न टोलका साथै त्यहाँस्थित मठमन्दिर क्षेत्रमा प्रदर्शन गरिएको छ । स्रोत अभावमा ३३ वर्षपछि यो जात्रा गोकर्ण देशे गाउँमा पुनरागमन भएको हो ।

प्रतितोला एक लाख एक हजार एक सय पुग्यो सुनको मूल्य

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार एक सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख सात सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु चार सयले बढेको हो ।

मुख्यमन्त्रीद्वारा कास्की कारागार निरीक्षण

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कास्की कारागारको निरीक्षण गर्नुभएको छ । कारागारमा भएका कैदीबन्दीका समस्या र कारागारको भौतिक अवस्था बुझ्न उहाँले निरीक्षण गर्नुभएको हो ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा दुई जनाको उम्मेदवारी दर्ता

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि हालसम्म दुई जनाको उम्मेदवारी परेको छ । आज हुने संसदीय दलको नेताको निर्वाचनका लागि इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

कहिल्यै अवकाश हुँदैनन् यी कर्मचारी

कर्मचारी भएपछि निश्चित उमेरपछि अवश्य अवकाश पाइन्छ, भलै सेवा क्षेत्रअनुसार उमेरको हदबन्दी फरक फरक हुनसक्ला । तर केही कर्मचारीले कहिल्यै अवकाश पाउँदैनन् भन्दा तपाइँलाई विश्वास नलाग्न सक्छ । विश्वास नलागेर पनि के गर्नु १ नेपालमा यस्ता कर्मचारी पनि छन् जो कहिल्यै अवकाश हुँदैनन् ।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा धुम्बाराहीस्थित भाडाको घरमा सरे

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भाडाको घरमा सरेका छन् ।प्रधानमन्त्रीबाट पदमुक्त भएपछि उनी बालुवाटा छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका हुन् ।

बुढानीलकण्ठस्थित देउवाको निवासमा हाल निर्माण कार्य भइरहेकाले उनी भाडाको घरमा सरेको उनको सचिवालयले जनाएको छ ।‘बुढानीलकण्ठको घर निर्माण सकिन ३/४ महिना नै लाग्छ । निजी निवासमा सर्न अहिले सम्भव छैन । अहिलेका लागि भाडाको घर खोजिएको हो’, देउवाको एक सहयोगीले भने ।

माधवकुमार नेपाललाई भेट्न नेता महेश बस्नेत कोटेश्वर पुगे

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न नेकपा एमालेका नेता महेश बस्ने नेपाल निवास कोटेश्वर पुगेका छन् ।

माओवादी केन्द्र र एमालेबीच गठबन्धन भई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि नेकपा एसलाई पनि सरकारमा सहभागी गराउने प्रयास भइरहेको छ । 

जसपा संसदीय दलको नेतामा यादव चयन

नता समाजवादी पार्टीको अध्यक्षमा रामसहायप्रसाद यादव चयन भएका छन् । दलको नेता चयनका लागि बुधबार निर्वाचन गर्ने जसपाको तयारी थियो । तर, पार्टी अध्यक्ष उपेन्द्र यादवले रामसहायलाई दलको नेता बनाउने निर्णय गरेका हुन् ।

पाथीभरा मन्दिरमा दर्शनार्थीको भीड

मेचीनगर नगरपालिका–१३ मा रहेको धार्मिक एवं पर्यटकीय स्थल श्री पाउ पाथीभरा मन्दिरमा दर्शनार्थीको भीड लाग्न थालेको छ । विशेषगरी शनिबार र मंगलबार यहाँ दर्शन गर्नेको विहानैदेखि भत्तजन भीड लाग्ने गरेको छ भने अन्य दिन पनि उस्तै चहलपहल देखिन्छ । मन्दिरमा आन्तरिक तथा बाह्य भक्तजनहरुलाई लाइनमा राखेर पालैपालो दर्शन गर्न धाम समितिले व्यवस्था मिलाएको छ ।

निर्माण कम्पनीलाई टीकापुर नगरपालिकाले गर्याे कारबाही सुरु

कैलालीमा सञ्चालन भएर पटक–पटक म्याद थप भएर पनि काम सम्पन्न हुननसकेका निर्माण कम्पनीलाई टीकापुर नगरपालिकाले कारबाही सुरु गरेको छ ।

गत आर्थिक वर्षसम्म आयोजनाको सम्झौता भएर चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म काम सम्पन्न गर्न नसकेका आयोजनाको काम नसकेका निर्माण कम्पनीलाई जरिवाना लाग्ने गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो । कार्यपालिकाको निर्णयबाट आयोजनाको म्याद थप नहुने निर्णय गरेपछि काम सम्पन्न हुननसकेका आयोजनाको म्याद थप नहुने र नियमानुसारको जरिवाना तिरेर काम गर्न बाध्य भएका छन् ।

चीनको राजमार्गमा करिब दुईसय सवारी साधन दुर्घटना, एक जनाको मृत्यु

चीनको मध्य क्षेत्रस्थित एक राजमार्गमा सयौँ सवारी साधन दुर्घटनाग्रस्त भएको चीनको सरकारी प्रसारक सिसिटिभीले बुधबार जनाएको छ ।

दुर्घटनामा एक जनाको मृत्यु भएको जनाइएको छ । सडकदेखि माथि आकाशबाट लिइएको तस्वीरमा बाक्लो हुस्सुका कारण सडक नदेखिँदा दुर्घटनाग्रस्त सयौँ यात्रुवाहक कार, भ्यान र लरीहरू राजमार्गको एक भागमा थुप्रिएको देखिएको छ । 

उपसभामुख पदमा पनि रास्वपाको दाबी

माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकारको गठनसँग सातदलीय गठबन्धनभित्र ‘पावर शेयरिङ’ को गृहकार्य अघि बढेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख पदमा पनि दाबी गरेको छ । प्रधानमन्त्री प्रचण्डले चारवटा पार्टीलाई समेटेर ८ सदस्यीय मन्त्रिमण्डल बनाए पनि ४ मन्त्रीहरूको जिम्मेवारी तोकिएको छैन ।

बजार नभएपछि सुन्तलाको जुस बनाइँदै

रुकुम (पूर्व) को सिस्ने गाउँपालिका– ७ र ८ सँगै पुथा उत्तरगङ्गा गाउँपालिकाको –८ नम्बर वडामा प्रशस्त मात्रामा सुन्तला उत्पादन हुन्छ । यी क्षेत्रलाई सुन्तलाको पकेट क्षेत्र घोषणा गरिएको छ।

यहाँ मौसममा सुन्तला प्रशस्त पाइएपनि बजार नहुँदा किसान समस्यामा पर्ने गरेका छन् । जिल्लामा शीत भण्डारको व्यवस्था नहुँदा किसानले उत्पादन गरेको सुन्तला, स्याउ लगायतका फलफूल कुहिएर खेर जाने गरेका छ । यतिबेला सो क्षेत्रका किसानको बारीमा लटरम्म सुन्तला देखिन्छन् । 

प्रचण्ड निवासबाट फर्किए ओली,भन्छन्–सरकारको कामकारबाहीलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको हो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारबाट बाहिरिएका छन्।अत्यन्त तिक्ततापूर्ण सम्बन्ध रहेको भए पनि सरकार गठनसँगै दुई नेताबीचको वार्ता बाक्लिँदै गएको छ ।दाहाललाई भेट्न ओली साढे ११ बजे प्रचण्ड निवास खुमलटार पुगेका थिए । 

https://barnanmedia.com/detail/1672218255-b-e-ol-blii-bu-ll-e-4o-22-12-28

मेलम्ची खोलाको पानी काठमाडौँ ल्याउँदा दिइने लेबी टुङ्ग्याउने तयारी

मेलम्ची नदीबाट खानेपानी ल्याएबापत त्यस क्षेत्रलाई तिरिने रकम (लेबी) टुङ्गाउन तयारी अघि बढाइएको छ ।

खानेपानी महसुल निर्धारण आयोग बन्न लागेको र लेबीको विषय पनि त्यसमै समेटिने खानेपानी मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलले जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिकको सुख दुःख बिसाउने चौतारी दिवा सेवा केन्द्र

दाङमा सञ्चालन भएका ज्येष्ठ नागरिक दिवा सेवा केन्द ज्येष्ठ नागरिको मन भुलााउने चौतारी बनेका छन् । घोराही–१४ का ८१ वर्षका खिमप्रसाद खनाल दैनिक सो केन्द्रमा आउनुहुन्छ ।

https://barnanmedia.com/detail/1592710003-b-l-b-fx

साइतमा बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड सरकारी निवास बालुवाटार सरेका छन् ।बुधवार साँझ साढे ६ बजेको शुभ साइतमा प्रचण्ड बालुवाटार सरेका हुन् । 

बुधबार साँझ उनी बालुवाटारमा सरेका हुन्। सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले प्रचण्डकी छोरी गंगा दाहाललाई साँचो हस्तान्तरण गरेका हुन्।निवर्तमान प्रधानमन्त्री देउवाको बूढानिलकण्ठस्थित घर मर्मत भइरहेकाले उनी बालुवाटारबाट डेरामा सरेका छन्।

पेलेको स्वास्थ्य अवस्था गम्भीर

ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । विश्वविख्यात ८२ वर्षीय पूर्वखेलाडी यहाँस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा जीवनका लागि सङ्घर्ष गरिरहेका स्पेनी प्रकाशन एल स्पानोलले जनाएको छ ।

“पेले अझै अस्पतालमा छन्, डर बढ्दै गएको छ,” एल स्पानोलले उनको पछिल्लो स्वास्थ्यस्थि अद्यावधिक गर्दै लेखेको छ । चिकित्सकहरूले गत हप्ताको प्रारम्भमा तीन पटक विश्वकप विजेता पेलेको क्यान्सर बढेको तथा मिर्गाैला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित भएका र उच्च रेखदेखमा रहेका बताएको थियो ।

नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा लामा निर्वाचित

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचन प्रक्रियाबाट कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा निर्वाचित हुनुभएको छ ।

केही बेरअघि भएको मतदान कार्य र मतगणना कार्य सकिएसँगै उहाँ दलको नेता चयन हुनुभएको हो । सर्वसम्मतरूपमा दलको नेता चयन हुन नसकेपछि निर्वाचन प्रक्रियामा उहाँले बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई पराजित गर्नुभएको हो । लामाले २१ मत प्राप्त गर्दा बानियाँले १६ मत प्राप्त गर्नुभएको थियो ।

स्वास्थ्य सेवाका कर्मचारी फिर्ता नगर : मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थानीय तहलाई स्वास्थ्यका कर्मचारीलाई फिर्ता नपठाउन निर्देशन दिएको छ ।

मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीलाई फिर्ता नपठाउन सबै सात सय ५३ वटै स्थानीय तहलाई निर्देशन गरेको छ ।

देशभरकै तापक्रम क्रमिकरूपमा घट्दै, चिसो बढ्यो

विगत केही दिनयतादेखि देशभरको तापक्रम क्रमिकरूपमा घट्दै गएपछि चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा गौचरले जनाएको छ ।

विभागका अनुासर आज काठमाडौँको न्यूनतम तापक्रम तीन दशमलव चार डिग्री सेल्सियसमा झरेको छ । मङ्गलबारभन्दा आज चिसो धेरै बढेको बताइएको छ । मङ्गलबार काठमाडौँको तापक्रम चार दशमलव चार डिग्री सेल्सियस रहेकोमा आज न्यूनतम तापक्रम तीन दशमलव चार डिग्री सेल्सियसमा झरेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।