एक जना विदेशीसहित ७ जना मृत फेला

काठमाडौं– देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् । बर्दियाको ठाकुरबाबा नगरपालिका-९ हात्तिसारस्थित अन्जली डल्फिन रिसोर्ट प्रालि सञ्चालन गर्दै आईरहेका फ्रान्सेली नागरिक ६० वर्षीय गथिर रक्स आफ्नै रिसोर्ट भित्रको सुत्ने कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन्।

काभ्रेको पाचँखाल नगरपालिका-९ पहरी टोल बस्ने ७० वर्षीय राम बहादुर थापा मगर र उनकी श्रीमती ५९ वर्षीया गीता थापा मगर आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । 

मकवानपुरको भिमफेदी गाउँपालिका-२ चुनियास्थित जंगलमा हाल पहिचान नखुलेका पुरूषको शव आइतबार फेला परेको छ । कैलालीको गौरीगंगा नगरपालिका-४ मा बस्ने ४१ वर्षीय हर्क साउद आफ्नै काकीको घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । 

नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–२ हाटबजारमा हाल पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

सप्तरीको राजबिराज नगरपालिका-६ बस्ने ३५ वर्षीय प्रताप राई छिमेकीको ट्वाइलेट माथि ढलानमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।