डा. सुनिल शर्मा गरिब दुखिका उम्मेदवार, मोरङ क्षेत्र नं.३ बाट जित निश्चित

काठमाडाैँ। नेपाली कांग्रेसले मोरङ (३) का प्रतिनिधि सभा उम्मेदवार मेडिकल व्यवसायी सुनिल शर्माले आफ्नो चुनावी प्रतिबद्धतामा मुख्य रुपमा ३ वटा एजेण्डा अघि सारेका छन् ।

लालपुर्जा, सुलभ स्वास्थ्योपचार र खानेपानी उनका मुख्या एजेण्डा हो। जुन समस्या उनको निर्वाचन क्षेत्रको मात्रै नभएर समग्र देशकै मुख्य समस्याका रुपमा रहेको उनको भनाई छ।

गठबन्धनका उम्मेद्वारको साथ लिएर डा। शर्मा केही दिनदेखि पथरीकेन्द्रित घरदैलो कार्यक्रममा छन् । पथरीशनिश्चरे नगरपालिकाको वडा नम्बर ८ र ९ का विभिन्न ९ स्थानमा भएको कोणसभा तथा घरदैलो कार्यक्रममा देखिएको जनलहरले शर्माको जीत निश्चित भएको देखाउँथ्यो । बिहान ८ बजेदेखि मतदाता भेटघाटमा व्यस्त रहेका शर्माले बिहान ९ बजेदेखि कोणसभालाई सम्बोधन गर्न थालेका थिए ।

‘यस क्षेत्रका नागरिकले उपचार नपाएर आफ्नो जीवन गुमाउनुपर्ने छैन’, डा। शर्माले भने,‘गत ५ वर्षमा मेरो पहलमा १ लाख ३० हजार बिरामीलाई घरबाटै एम्बुलेन्समा राखेर अस्पताल लगेर निःशुल्क उपचार गरी घरमै ल्याइदियौँ । क्षेत्र नम्बर ३ का ६ वटा संस्थालाई ६ वटा एम्बुलेन्स दियौँ, पथरीशनिश्चरेमा मात्रै २ वटा एम्बुलेन्स प्रदान गरेँ ।’ पैसाको अभावमा उपचार नपाएर मर्ने दिनको अन्त्य भएको भन्दै उनले आफूले हार्दा पनि गरेको यस्तो परोपकारको कामलाई आफू निर्वाचित भएपछि झन् व्यापक बनाउने बताए ।


‘धनी पुर्जा वितरण जस्तो विषयलाई एमालेले मजाक गर्यो । गरिव सुकुम्बासीलाई धनीपुर्जा चाहिएको हो । जुन सरकारले दिए पनि नागरिकलाई जग्गा धनी बनाउने हो । तर, एमाले डरायो’, उनले दोहोर्याएर भने–‘गरिव दुःखीको गाँस,वास र कपासका विषयमा ३ दशक देखि यो क्षेत्रमा एमालेले राजनीति गरिरहेको छ ।’डाक्टर शर्माले गरिव, दुःखी र अति विपन्नको उपचार गर्दा समेत एमालेले आचार संहिता बिरुद्ध भयो भनेर रोकेको बताउँदै एमाले एण्ड कम्पनीले गरिव र सुकुम्बासीको नाममा मत लिएर पनि उनीहरू पक्षमा काम गर्न नसकेको बताए । मतदाता धनी भएभने गरिव, दुःखी र सर्वहाराको नाममा मत माग्न नपाइने डरबाट एमाले त्रसित रहेको उल्लेख गर्दै अब गल्ती नदोहोर्याउन आग्रह गरे ।

‘तपाईँहरु लालपूर्जाविहीन भएर वर्षौंदेखि बस्नुभएको छ’, पथरीशनिश्चरे–९ पुलचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले भने, ‘चुनाव जितेर गएपछि सुकुम्बासी समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्नेछौँ ।’ सुकुम्बासी र अव्यवस्थित बसोबासको ठूलो समस्या रहेको पथरीशनिश्चरेमा रहेका सुकुम्बासीको समस्या समाधानलाई पहिलो प्राथमिकता दिने उनले बताए ।

शर्माले खानेपानीको समस्यालाई पनि प्राथमिकतामा राख्ने जनाए । पथरीशनिश्चरे–८ को मंगलबारेमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा डा। शर्माले खानेपानी र सिँचाइको उचित प्रबन्ध गरिने बताए । मंगलबारे क्षेत्रमा देखिएको खानेपानीको समस्या हल गर्नुको साथै निर्वाचन क्षेत्रमा सिँचाइको अभाव भएको स्थानमा सिँचाइको उचित प्रबन्ध गरिने पनि उनले बताए ।


डा। शर्मालाई साथ दिन पहिलो संविधान सभाका सभासद नेकपा माओवादीका लालबहादुर सुस्लिङ मगर, दोस्रो संविधान सभाका सभासद नेकपा एकीकृत समाजवादीका चण्डीप्रसाद राई, प्रतिनिधि सभाका समानुपातिक उम्मेद्वार नेपाली कांग्रेसका वसन्त भट्टराई र एकीकृत समाजवादीकी समानुपातिक उम्मेद्वार कृष्णकुमारी बिक तथा प्रदेश सभाका समानुपातिक उम्मेद्वार नेकपा माओवादी केन्द्रकी गीता तिम्सिना थिए । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा। डिला संग्रौला पनि कोणसभामा उपस्थित भएर सभालाई सम्बोधन गरेकी थिइन् ।

मोरङको क्षेत्र नम्बर ३ मा १२ दलगत र १९ स्वतन्त्र गरी ३१ जना उम्मेद्वार चुनावी मैदानमा रहेका छन् । तीमध्ये नेपाली कांग्रेसका डा। सुनिल शर्मा, नेकपा एमालेका भानुभक्त ढकाल र राप्रपाकी रेखा थापाबीच मुख्य प्रतिष्पर्धा हुने धेरैको अनुमान छ ।