क्रिकेटर धनुष्का गुनाथिलाका बलात्कारको आरोपमा पक्राउ

विश्वकप खेल्न अष्ट्रेलिया पुगेका श्रीलंकाली क्रिकेटर धनुष्का गुनाथिलाका बलात्कारको आरोपमा पक्राउ परेका छन्।

सिड्नी सिटी पुलिसले धनुष्कालाई आइतबार बिहान बलात्कार आरोपमा पक्राउ गरेको हो । उनलाई बलात्कार आरोपमा पक्राउ गरेको ईएसपीएनक्रिकइन्फोले लेखेको छ । गुनाथिलकाले २९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

ती महिलाको उजुरी पछि थप छानबिन गर्न ३१ वर्षीय दानुस्कालाई नियन्त्रणमा लिएर सिड्नी सिटी प्रहरी चौकीमा राखिएको छ।