बेलायतकी प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै दिइन् राजीनामा

बेलायतकी प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएकी छन्। 

यसअघि सरकारका केही वरिष्ठ मन्त्रीहरूले धमाधम राजीनामा दिइरहेका थिए ।मन्त्रीहरूले राजीनामा दिने लहर चलेपछि ट्रसको सरकार छिट्टै ढल्ले अनुमान गरिएको थियो । 

पार्टीभित्र र बाहिरबाट आलोचनाको क्रम नरोकिएपछि बिहीबार उनले राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।