माधव नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई निर्वाचन आयोगकाे पत्र

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई निर्वाचन आयोगले पत्र काटेको छ ।

आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको हो ।

रौतहट १ का तिनिधिसभा सदस्य उम्मेदवार माधवकुमार नेपाललाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

रौतहटमा चुनाव प्रचारका क्रममा ‘बिना ढेउवा के भिसा मिल्तै हैं, टिकट मिल्ते हे, काठमाडौंमै तालिम मिल्ते हेँ’ भनी सार्वजनिकरुपमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भएकाले स्पष्टीकरण सोधेको हो ।