आइएमई जनरल इन्स्योरेन्सको गत आर्थिक वर्षकोे चौथा त्रैमाससम्ममा  १ अर्ब ३६ करोड बीमा शुल्क आर्जन गर्न सफल

आइएमई जनरल इस्योरेन्स कम्पनीले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षकोे चौथा त्रैमाससम्ममा १ अर्ब ३६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब २६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको कुल बीमा आर्जन रकम ८ दशमलव ८५ प्रतिशतले बढेको छ ।

समिक्षा अवधिमा कम्पनीको पुनर्बीमा कमिशनबाट हुने आम्दानी र लगानी कर्जा तथा अन्यबाट हुने आम्दानीको आकार बढेको छ ।
 
कम्पनीले ३ हजार ५ सय १२ वटा बीमा दाबी भुक्तानी गरेको छ भने २ हजार ९ सय ६४ वटा बीमा दाबीको भुक्तानी गर्न बाँकी छ । कम्पनीले ७४ करोड २६ लाख रुपैयाँ बीमा कुल बीमा दाबी वापत भुक्तानी गरिसकेको छ भने ४४ करोड ७० लाख रुपैयाँ बीमा दाबी भुक्तानी दिन बाँकि रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले २१ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा १४ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४५ दशमलव ४४ प्रतिशतले बढेको छ ।

१ अर्ब रुपैयाँ माथि रहेको छ भने जगेडा कोषमा २० करोड ९६ लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै कम्पनीले बीमा कोषमा ३५ करोड ६२ लाख रुपैयाँ संचित रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ५२ रुपैयाँ ३० पैसा रहेको छ ।