नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ।बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

बैठकमा निर्वाचनको तयारी, सत्ता साझेदार दलहरूसँगको तालमेललगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। कांग्रेसले गठबन्धनका दलहरूसँग साझा कार्यक्रम बनाएर निर्वाचनमा जाने तयारी गरिरहेको छ।