राष्ट्रसंघमा युक्रेनलाई नेपालको साथ, रूसी कब्जालाई मान्यता नदिने स्पष्ट

काठमाडौँ । संयुक्त राष्ट्र संघको महासभामा नेपालसहित १ सय ४३ देशले रुसी कदमको निन्दा गर्ने संकल्प प्रस्तावमा मतदान गरेका छन् । नेपालका तर्फबाट संयुक्त राष्ट्र संघका लागि स्थायी प्रतिनिधी अमृत राईले युक्रेनको समर्थन गर्दै मतदान गरेका थिए । उनले रुसले युक्रेनमा गरिरहेको आक्रमणको भर्त्सना गरेका छन् ।

महासभाबाट अत्यधिक बहुमतले पारित भएको संकल्प प्रस्तावमा अन्तर्राष्ट्रिय समुदायलाई कुनै पनि रुसी कब्जालाई मान्यता नदिन आह्वान गरिएको छ । रुसी आक्रमणलाई बर्बर र पाशविक भनिएको छ । प्रस्तावमा भनिएको छ,– ‘रुसले गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र तथाकथित रुपमा गरिएको जनमत सङ्ग्रहको निन्दा गर्दछौँ । साथै संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र र सङ्गठनले युक्रेनको सीमा परिवर्तनलाई मान्यता दिने छैन ।’

महासभामा भारत, चीनलगायत ३५ देशको उपस्थिति थिएन । सिरिया, निकारागुआ, उत्तर कोरिया र बेलारुस भने प्रस्तावको विपक्षमा उभिँदै रुसलाई समर्थन गरेका छन् ।