सत्ता गठबन्धनको बैठक बस्दै,सिट बाँडफाँटमा जसपालाई फकाउँदै

काठमाडाैं । सिट बाँडफाँटको टुङ्गो लगाउन पाँच दलीय गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।गठबन्धनका दलहरूबीच सिट बाँडफाँटको विषय हिजाे पनि नटुङ्गिएपछि त्यसका लागि आज पुनः बैठक डाकिएकाे हाे ।

सिट बाँडफाँट बिषयमा पाँच दलका नेताहरू निरन्तर छलफलमा रहे पनि टुंगाेमा पुग्न सकेका छैनन् ।यद्यपि सिट बाँडफाँट कार्यदलले दिएको प्रतिवेदन र शीर्ष नेताहरूबीचको छलफलका आधारमा केही सिटबाहेक सबै क्षेत्रमा सिट बाँडफाँटमा सहमति जुटिसकेको नेताहरूले दाबी गरेका छन् । कांग्रेसमा समानुपातिककाे सूचीकाे विषयमा सहमति कायम भएसँगै गठबन्धमा पनि सहमति जुट्ने संकेत देखिएकाे हाे ।

तर सत्ता घटक मधेशी दल जसपा केही बिच्किएकाे छ । मधेशमा आफूहरूले भनेजति सिट नपाउने भएपछि जसपाले अर्काे कुनै दलसँग पनि तालमेल गर्न सक्ने गरी निर्णय गरेकाे हुँदा यसले गठबन्धनमा हलचल मच्चाएकाे छ । शीर्ष नेताहरूकाे केही समय जसपालाइ फकाउन खर्च हुने देखिन्छ । सबैले भने बमाेजिम सिट पाउने जसपाले चाँही किन नपाउने? एक नेताले भने।

छलफलमा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल र सिट बाँडफाँट कार्यदलका सदस्यहरू सहभागी हुनेछन् ।