दक्षिण एसियामा सबैभन्दा खुसी देश नेपाल

काठमाडाैं । नेपाल दक्षिण एसियामा सबैभन्दा बढी खुसी हुने देशको रुपमा दर्ज भएको छ ।

सन् २०१९ देखि २१ सम्ममा गरिएको सर्वेक्षणमा वर्ल्ड ह्यापिनेस प्रतिवेदनअनुसार नेपाल यस क्षेत्रमा पहिलो भएको हो ।विश्वमा सबैभन्दा बढी खुसी हुने देशमा फिनल्याण्ड, डेनमार्क, आइसल्याण्ड, स्विजरल्याण्ड र नेडरल्याण्डस् क्रमशः पहिलोदेखि पाँचौ नम्बरमा छन् ।

खुसी हुने देशको सूचीमा सूचीकृत गर्न यस प्रतिवेदनमा जीडिपी, प्रति वर्षको वार्षिक आय, स्वस्थ जीवन र मृत्युदर, सामाजिक सुरक्षा, स्वतन्त्रता, भ्रष्टाचारसम्बन्धी विभिन्न मानकलाई प्रयोग गरिएको थियो ।

नेपाल विश्वमा ८४ औं, बंगलादेश ९४ औं, पाकिस्तान १२१ औं, श्रीलंका १२७ औं, भारत १३६ औं र अफगानिस्तान १४६ औं स्थानमा छन् ।१४६ वटा देशहरुको वर्गीकरणमा भूटान र माल्दिभ्सलाई समावेश गरिएको छैन ।