आज देशभरको मौसम सामान्यतः सफा रहने

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम सामान्यतः सफा रहने छ।

देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा माैसम पूर्वानुमान महाशाखाले आग्रह गरेकाे छ । 

महाशाखाका अनुसार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन भएको छ।