कोरोना भाइरसबाट विश्वमा पाँच लाख ७१ हजार भन्दा बढीको मृत्यु

कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७१ हजार ६८९ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ३० लाख ४२ हजार ३४० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन डब्लुएचओ द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार सोमबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७५ लाख ८८ हजार ५१० जना निको भएका छन् ।
हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४८ लाख ८२ हजार १४१ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार ६५२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३४ लाख १३ हजार ९९५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३७ हजार ७८२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २८ लाख ९४ हजार ६११ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ५ हजार २०९ जनाको मृत्यु भएको छ 
उत्तर अमेरिकामा ४० लाख ७१४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ८६ हजार ९० जनाको मृत्यु भएको छ ।

युरोपमा २५ लाख ७१ हजार ६९८ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९६ हजार ५८१ को मृत्यु भएको छ । एसिया २९ लाख ६४ हजार ६९३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ७० हजार ३७८ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ५ लाख ९८ हजार २५९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३ हजार २८६ जनाको मृत्यु भएको छ । ओसियानामा ११ हजार ६४४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३० जनाको मृत्यु भएको छ ।