अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको आरोपमा दुईजना पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी गर्ने कार्यमा संलग्न दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ धार्पा निवासी वर्ष २६ को ललित बहादुर पाईन र वर्ष २४ का कृष्ण लाल पाईन रहेका छन्।
उनीहरूले अमेरिकन डलर साट्ने बहाना बनाई भक्तपुरको चाँगुनारायण नगरपालिका–३ मा बोलाई नेपाली नगद ९ लाख ठगी गरी फरार भएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि काक्तिक २८ गते जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया